प्रदेश सांसद गुरुङले भानुका नगर प्रमुख गौलीलाई कोरोनाको संक्रमण भएको भन्दै अफवाह फैलाए

दमौली , ९ भदौं । तनहुँ क्षेत्र नं १ अन्र्तगत निर्वाचन क्षेत्र क बाट निर्वाचित गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङको चरम लापरवाही भएको खुलासा भएको छ ।

त्यो पनि सामान्य विषयमा मा नभई कोरोनाको संक्रमण सम्बन्धी विषयमा रहेको छ । प्रदेश सांसद गुरुङले जारी गरेको विज्ञप्तीमा भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीलाई कोरोनाका संक्रमण भएको भन्दै उल्लेख गरिएको छ ।जबकि भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको केही दिन अगाडि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । सांसदले गुरुङद्धारा जारी विज्ञप्ती मिति समेत त्रुटी पूर्ण देखिएको छ । उक्त विज्ञप्तीमा एक महिना अगाडिको मिति राखिएको छ ।


सांसद गुरुङद्धारा जारी विज्ञप्ती भ्रम फैलाउन किसिमले आएको भानु नगरपालिकाका प्रमुख उदयराज गौली बताउँछन् । सांसद जस्तो जिम्मेवार व्यक्तिले यसरी हचुवाको भरमा विज्ञप्ती जारी लज्जाजनक विषय भएको समेत नगरप्रमुख गौलीले बताए ।

यसैबीच नगरप्रमुख गौलीलाई कोरोनाको संक्रमण भएको अफवाह फैलाएका प्रदेश सांसद गुरुङको सचिवालयले विज्ञप्ती जारी गरि त्रुटी भएको जनाएको छ । तनहुँमा यसअघि कोरोनाको विषयमा अफवाह फैलाउँदा एक युवाले भने कानुनी कार्वाही भोगेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s