मुलुक संकट झेलि रहेका बेलामा सरकार लाभ हानीको दाउपेचमा –के.स.भण्डारी

काठमाण्डौं ८ भदौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले मुलुक गम्भीर स्वास्थ्य तथा आर्थिक संकट झेलि रहेका बेलामा सरकार लाभ हानीको दाउपेचमा लागेको बताएका छन् ।

त्यस्तै सरकार देशमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार र नेपालको राष्ट्रियता तथा सनातन धर्ममाथिको अतिक्रमण बढ्दै गएका घटनाहरुप्रति समेत सरकार पूर्ण रुपमा बेखवर रहेको के.स.भण्डारीको रहेको छ । मुलुकको पछिल्ला घटनाको विषयमा सामाजिक सञ्जालमा सो प्रतिक्रिया जनाएका हुन् । त्यस्तै के.स.भण्डारीले सुनियोजित रुपमा सनातन हिन्दु धर्मलाई कमजोर बनाउने खेल भई रहेको बताएका छन् । सनातन हिन्दु धर्मलाई कमजोर बनाउन विभिन्न टिकडमबाजी गरी धर्म परिवर्तन गराउने कार्य भईरहेको छ समेत के.स.भण्डारीको भनाई छ ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले प्रधानमन्त्रीकै गैर जिम्मेवारी कार्यले राष्ट्रियता माथि धावा बोल्ने कार्यहरु भईरहेको बताएका छन् । गत फागुनमा जन्मदिनमा देशको नक्सा अंकित केक काटेर जन्मदिन मनाउनु अत्यन्त गैरजिम्मेवारी कार्य भएको र प्रधानमन्त्रीको उक्त गैरजिम्मेवारी कार्यले हाल आएर देशको झण्डा जलाउने जस्तो आपराधिक घटना हुन पुगेको भण्डारीको भनाई छ ।त्यसैगरी हिन्दु धर्मको अस्तित्व समाप्त पार्ने हिसाबले गतिविधी भईरहेका र पछिल्लो पटक रौतहट स्थित हनुमान मन्दिरका पुजारी माथि गोली हानी हत्या गर्ने कार्य भएको भण्डारीको भनाई छ । यस किसिम कार्य अत्यन्त खेदजनक भएको समेत भण्डारीको भनाई छ ।

के.स. भण्डारीद्धारा सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रिया

मितिः– २०७७ भाद्र ८ गते
कोभिड–१९ को कारण मुलुक अहिले गम्भिर स्वास्थ्य तथा आर्थिक संकटमा छ । सरकारका क्रियाकलापहरु जनहित विपरित फगत राजनीतिक लाभ हानीको दाउपेचमा अल्झिएको छ ।जनताको जीवन रक्षाको न्यूनतम जिम्मेवारीबाट सरकार पूर्णत वञ्चित देखिन्छ । विभिन्न बाहनामा निदाउँदै आएको सरकार देशमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार र नेपालको राष्ट्रियता तथा सनातन धर्ममाथिको अतिक्रमण बढ्दै गएका घटनाहरुप्रति पूर्णत बेखबर जस्तै छ । गत फागुनमा प्रधानमन्त्रीके.पी.शर्मा ओलीको जन्मदिनमा देशको नक्सा अंकित केक काटेर नेपाल र नेपालीको राष्ट्रभक्तिको भावमा गम्भिर प्रहार गरिएको थियो । जसको जति भत्र्सना गरेपनि अपर्याप्त नै हुन्छ । सामान्य व्यक्तिले गरे वा गराएकोे भए मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ बमोजिम कारवाही हुन सक्थ्यो ।प्रधानमन्त्रीको उक्त गैरजिम्मेवार कदमको पुनरावृत्ति हुने गरी गएको साता राष्ट्रिय घृणा फैलाउने गरी राष्ट्रिय झण्डा जलाउँदै गरेका दृष्य सहितका देशद्रोही शीर्षकको गीत÷ भिडियो सार्वजनिक भए । राष्ट्र र राष्ट्रियताको दृष्टिबाट त्यो आपराधिक घटना हो ।

संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि सुनियोजित रुपमा हिन्दु धर्मलाई कमजोर बनाउने, विभिन्न टिकडम बाजी गरी धर्म परिवर्तन गर्न लगाउने कार्य दिन प्रतिदिन बढ्दै गएको छ । गएको ३ गते खानाखादै गरेको अवस्थामा रौतहटका हनुमान मन्दिरका पुजारी रामशाहलाई गोली हानी निर्मम हत्या गरिएको छ । यो नेपाली सनातन हिन्दु धर्ममाथि गरिएको गम्भिर प्रहार हो । यो घटना हिन्दु सनातन धर्मलाई कमजोर बनाउने मनसायबाट प्रेरित देखिन्छ । यस घटनाको गम्भिरतालाई सरकारले महसुस गर्न नसकी हल्का रुपमा लिएको छ । राष्ट्रियता माथि हुदै गरेको निरन्तर प्रहार, हिन्दु सनातन धर्म माथि हँुदै आएका आक्रमणहरुलाई रोक्नेतर्फ सरकारको कुनै चासो देखिदैन । देशमा शान्ति सुरक्षाको स्थिति अत्यन्त कमजोर बनेको छ । अपराधिक मानसिकताका मानिसहरुको मनोबल बढ्दै गएको देखिन्छ । सरकारले जिम्मेवार रुपमा जनताको जीवन रक्षा, राष्ट्रियताको सम्वद्र्धन तथा सनातन धर्मको रक्षागर्दै अपराधिक क्रियाकलापमा लाग्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउन माग गर्दछु ।

शंकर भण्डारी
केन्द्रीय सदस्य एवं संयोजक तरुण विभाग
नेपाली कांग्रेस

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s