नगर क्षेत्रका सामुदायिक भवनलाई क्वारेन्टाइन बनाइने

दमौली, ८ भदौ ।


व्यास नगरकार्यपालिकाको बैठक सोमबार सम्पन्न भएको छ ।


सो बैठकले नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले ७ वटा निर्णय गरेको छ । नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए अनुसार क्वारेन्टाइन व्यवस्थापनका लागि नगर क्षेत्र भित्रका सामुदायिक भवनहरुलाई प्रयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले व्यास–३ मा निर्माणाधिन वधस्थलको अधुरो कार्यलाई तत्काल निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।


त्यस्तै फोहोरमौला व्यवस्थापनका लागि व्यास–४ र व्यास–१० बीचमा पर्ने सामुदायिक वन क्षेत्रमा रहेको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s