पत्रकार बानियाँको परिवारलाई महासंघद्धारा सहयोग

दमौली , ७ भदौ । पत्रकार बलराम बानियाँको परिवारलाई नेपाल पत्रकार महासंघले सहयोग गरेको छ ।

नेपाल अमेरिका पत्रकार संघद्धारा पठाईएको ४ लाख ३१ हजार ९ सय ५१ रुपैयाँ पत्रकार बानियाँको १३ औं दिनको पुण्य तिथीका अवसरमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आज हस्तान्तरण गरेका हुन् । नेपालको पत्रकारिता क्षेत्रमा स्वर्गीय बानियाँको योगदान अतुलनीय रहेको स्मरण गर्दै उनको योगदानले महासंघले भुल्न नसक्ने अध्यक्ष आचार्यको भनाई रहेको थियो । त्यस्तै बानियाँको मृत्युको विषयलाई गम्भीर रुपमा लिएको हुँदा अनुसन्धान प्रक्रिया सुक्ष्म ढंगले निगरानी गर्ने अध्यक्ष आचार्यको भनाई रहेको थियो ।साथै स्व. बानियाँका छोरा छोरीको पठनपाठनका लागि महासंघले थप सहयोग प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य खिलाबहादुर भण्डारी , पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल , तनहुँका अध्यक्ष ओमकार आचार्य ,पूर्व अध्यक्षहरु प्रदीप काफ्ले र डम्बर अधिकारी लगायतले स्वर्गीय बानियाँ प्रति श्रद्धाञ्जली व्यत्तः गरेका थिए । यसैबीच बानियाँको १३ औं दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा समेत आयोजना गरियो । सो श्रद्धाञ्जली सभामा नेपाली काग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने , श्रेत्रीय सभापति एवं भानु नगरपालिकाका प्रमुख उदयराज गौली , प्राडा कृष्ण गौतम लगायतले स्वर्गीय बानियाँ प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s