म्याग्दे गाउँपालिका सिल

दमौली , ४ भदौं । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै म्याग्दे गाउँपालिका सिल गरिएको छ ।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए अनुसार गाउँ कार्यपालिकाको आज बसेको बैठकले भोली देखि भदौ १२ गते सम्मका लागि म्याग्दे गाउँपालिका सिल गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत नागिलाका अनुसार सिल अवधिमा स्वास्थ्य ,खानेपानी , विद्युत्त ,पशुपक्षीको दाना ,तरकारी ,फलफूलका सवारी साधन ,इन्धनका सवारी साधन सञ्चालनमा छुट दिईएको छ ।त्यस्तै मलामीका प्रयोग गरिने सवारी साधन सञ्चालनमा समेत छुट दिइएको छ ।

गाउँ कार्यपालिका बैठकले अत्यावश्यक काममा बाहेक जथाभावि रुपमा घर बाहिर ननिस्कन समेत आम गाउँपालिकाबासीलाई अपिल गरेको छ । म्याग्दे गाउँपालिकालाई कोरोनाको कहरबाट मुक्त गर्न लागि गाउँपालिकाकले हदै सम्मको सर्तकता अपनाएको गाउँपालिका अध्यक्ष माया रानाले बताएकी छन् । कोरोनाको यो कहरबाट जोगिन नागरिकले आफ्नो ठाउँबाट पनि सर्तकता अपनाउनु पर्ने अध्यक्ष रानाको भनाई रहेको छ । यसअघि तनहुँमा व्यास ,भानु , आँबुखैरेनी शुक्लागण्डकी र देवघाट गाउँपालिका सिल गरि सकिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s