दमौली ,३ भदौं । व्यास नगरपालिकामा थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए अनुसार व्यास नगरपालिका वडा नं ३ का ३८ बर्षिय पुरुष व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका वडा नं ४ का २९ बर्षिय पुरुष व्यक्तिमा समेत कोरोनाको संक्रमण देखिएको छ । कोरोनाको संक्रमणमा परि व्यास –१ कि ५० बर्षिय महिलाको दुई दिन अगाडि पोखरामा मृत्यु भएको थियो ।