तनहुँकी एक कोरोना संक्रमित महिलाको ज्यान गयो ,छोरीमा समेत कोरोनाको संक्रमण

दमौली , २ साउन । तनहुँकी एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।

व्यास नगरपालिका वडा नं १ कि अम्रेनी निवासी ५० बर्षिय महिलाको हिजो पोखारा स्थित कास्की सेवा अस्पतालमा निधन भएको हो । अस्पतालका डाक्टर पदम खड्काले सेतीमादी दैनिकलाई दिएको जानकारी अनुसार मृत्यु भएकी कोरोना संक्रमित महिलाको रिपोर्ट भने आज बिहान मात्र आएको थियो । कोरोनाबाट संक्रमित महिला उपचारका लागि कास्की सेवा अस्पतालमा पुगेकी थिइन् । मृतक महिलामा निमोनिया ,सुगुर लगायतका समस्या रहेको थियो ।


डा. खड्काले बताए अनुसार मृतक महिलाकी २५ बर्षिय छोरीमा समेत कोरोनाको संक्रमण देखिएको छ ।

कोरोनाका कारण तनहुँकी महिलाको मृत्यु भएको खबर सार्वजनिक भएसगै तनहुँमा आम सर्वसाधारणमा एक किसिमको त्रास सिर्जना हुन पुगेको छ । यस अघि कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको छ भने आँबुखैरेनी र देवघाट गाउँपालिका बन्द गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s