कम्युनिष्ट संगको सहकार्य तोड्ने र सनातन हिन्दुत्वको एजेण्डा बोक्ने व्यक्ति पार्टीको आगामी नेतृत्वमा पुग्छ —के.स.भण्डारी

काठमाण्डौं , २ साउन ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कम्युनिष्ट संगको सहकार्य तोड्ने र सनातन हिन्दुत्वको एजेण्डा बोक्ने व्यक्ति पार्टीको आगामी नेतृत्वमा पुग्ने बताएका छन् ।
विगतमा काग्रेसले कम्युनिष्ट संग गरेको सहकार्य घातक प्रमाणित भएको हुँदा कम्युनिष्ट संगको सहकार्य तोड्नु जरुरी रहेको र सनातन हिन्दुत्वको एजेण्डा छोड्दा पार्टीले ठूलो क्षति बेर्होनु परेको हुँदा काग्रेसलाई मजबुत बनाउनका लागि पनिसनातन हिन्दुत्वको एजेण्डा बोक्ने व्यक्ति आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्नु अपरिहार्य रहेको भण्डारीको भनाई छ ।

कम्युनिष्टसंगको सहकार्य तोड्ने र सनातन हिन्दुत्वको एजेण्डा बोक्ने बिचारले महाधिवेशनमा प्रतिनिधित्व गर्छ त्यसमा कुनै शंका नै छ तर आकार कत्रो हुन्छ पूर्वमन्त्री भण्डारीले भने । पार्टीको नेतृत्व उमेर संग विचार संग जोड्नु पर्ने समेत पूर्वमन्त्री भण्डारीको रहेको छ ।

कोरोनाका कारण पार्टीको महाधिवेशन पछाडि धकेलिने सम्भावना समेत त्यतिकै रहेको के.स. भण्डारीले बताएका छन् । त्यस्तै पूर्वमन्त्री भण्डारीले छिमेकी मुलुक भारतले नेपाल हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी रहेको छ । भारतले नेपाललाई श्रीलंका, बंगालादेश र माल्दिभ्सलाई लगायतका मुलुकको दर्जामा जुन हिसाबले हेरिरहेको छ त्यो भारतका लागि समेत घाटाको विषय हो के.स. भण्डारीले भने । पछिल्लो पटक जुन हिसाबले विदेश चलखेल बढी रहेको छ त्यो नेपाल र नेपाली जनताका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने समेत के.स. भण्डारीको भनाई छ ।

One thought on “कम्युनिष्ट संगको सहकार्य तोड्ने र सनातन हिन्दुत्वको एजेण्डा बोक्ने व्यक्ति पार्टीको आगामी नेतृत्वमा पुग्छ —के.स.भण्डारी

  1. सत्यता यही नै हो जस्ले राष्ट्र र धर्मको लागि ऐजेन्णा बनाएर अघाडी बढ्छ। त्यस्ता पार्टीका कार्यकर्ता लाई गोरखनाथ बाबाले निगरानी गर्छन् अब आऊने चुनाव वैदिक सनातन हिन्दु राष्ट्र नेपालको धर्म बचाऊनको लागि हुनेछ र चुनाव को नारा गोरखक्षनाथको प्रसाद रोट खाऊ वैदिक सनातन हिन्दु धर्म बचाऊ भन्ने मुल नारा हुनेछ । यो प्रसाद रोट कुनै साधु सन्त बोले जस्तो हुने छैन। यो गोरखनाथ को मन्त्र बाटै मन्त्रिएको प्रसाद हुनेछ । सम्पूर्ण ॐ कार परिवार लाई गाऊँ गाऊँ मा गई प्रसाद खुवाईने छ र भजन कृतन बाट जनता लाई खुसी पारी धर्मको भोट मागिनेछ । सम्पूर्ण सांंसद हरू धर्ममय सांसद हुनेछन्। पापी जति धुरूधरू रूनेछन्।जय गोरखनाथ

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s