पाकिस्तान सरकारलाई पूर्वमन्त्री भण्डारीको आग्रह

दमौली ,१ भदौ ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले पाकिस्तानमा अल्पसंख्यक हिन्दु धर्म–सस्कृतिको सुनिश्चिता प्रदान गर्न पाकिस्तान सरकारलाई आग्रह गरेका छन् ।
साथै पूर्वमन्त्री भण्डारीले पाकिस्तानमा अन्य अल्पसंख्यक समुदायको धर्म–संस्कृतिप्रति भएका अतिक्रमण र विभेद एवं हिसांको नियन्त्रण गरी सबै पाकिस्तानी नागरिकलाई देशमा उत्तिकै सुरक्षित छ भन्ने सन्देश दिन समेत पाकिस्तान सरकारलाई आग्रह गरेका छन् ।
विगत केही समय देखि मित्रराष्ट्र पाकिस्तानमा अल्पसंख्यक हिन्दु, बौद्ध लगायतका अन्य धर्मालम्बीका विरुद्धमा हिंसाजन्य र विभेदका घटनाहरु दोहोरिएका विषयलाई लिएर विज्ञप्ती जारी गरी पूर्वमन्त्री भण्डारीले पाकिस्तान सरकारसंग यस किसिमको आग्रह गरको हुन् । विभिन्न अतिवादी समूहहरुले जवरजस्ती धर्म परिवर्तन गराउने, व्यक्तिको इच्छा विपरीत गैर हिन्दुसंग विवाह गर्न हिन्दु युवतीलाई बाध्य पार्ने, आर्थिक प्रलोभन र दबाब दिई सनातन धर्म सस्कृति छाड्न बाध्य पारिनु अत्यन्त चिन्ताको विषय भएको पूर्वमन्त्री भण्डारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै विज्ञप्तीमा पाकिस्तानी सरकारको प्रयत्न रहँदा रहँदै पनि पनि अल्पसंख्यकको आस्थाको केन्द्रको रुपमा रहेको मठ, मन्दिर पुनः निर्माण हुन नसकेका समेत जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा मानव सभ्यताको सुचकको रुपमा रहेको धार्मिक सहिष्णुता, आपसी सदभाव तथा पारस्परिक भाईचारा प्रति पाकिस्तानका न्यायप्रेमी जनता र सरकार प्रतिवद्ध रहेको प्रति कुनै शंका गर्ने ठाउँ नरहेको समेत उल्लेख गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s