पशुमा लम्पी स्किन रोग लागेपछि कृषकहरु चिन्तित

दमौली १ भदौ ।
तनहुँका गाई तथा भैंसीमा लम्पि स्किन रोगको सङ्क्रमण पैmलन थालेको छ ।
यसरी रोगले गाईभैंसी विरामी पर्न थालेपछि तनहुँका कृषकहरु चिन्तित बनेका छन् । गण्डकी प्रदेशको तनहुँको अतिरिक्त नवलपुर, कास्कीका केही स्थानमा रोग पैmलिरहेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.बालकुमार श्रेष्ठले सेतीमादीलाई बताए । डा. श्रेष्ठका अनुसार एक सय भन्दा बढी गाई÷भैंसी विरामी भएकाले पिसिआर सङ्कलन गरी ल्याब परिक्षण भईरहेको छ । ल्याब परिक्षण गर्दा ४५ वटा रिर्पोट पोजेटिभ आएको छ । तनहुँको व्यास नगरपालिका–११ का फराकचौरका कृषकले पालेको गाईको नमुना परिक्षण गर्दा रोग लागको पुष्टि भएको व्यास नगरपालिकाको पशु विकास शाखाका प्रमुख डा.मनोज विश्वकर्माले जानकारी दिए । रोग नियन्त्रणको लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
व्यास नगरपालिकाको पशु विकास शाखाकी शाखा अधिकृत कल्पना खनालले गाइैभैंसीमा १०५ दशमलव ८ डिग्री फरेन्हाईट सम्म ज्वरो आउने, घाँटी, कल्चौडा, खुट्टा, पाता लगायत शरिरको विभिन्न भागमा गिर्खा जस्तो गाँठाहरु आउने, पशु झोक्राउने जस्ता लक्ष्यण देखिएको जानकारी दिईन् । पशुले खाना नखाने, दुब्लाउँदै जाने, ८० प्रतिशत भन्दा बढी दुध उत्पादन घट्ने, खुट्टा सुनिने, खोच्याउने, सिंगान बग्ने, आँखा पाक्ने ¥याल काड्ने, जस्ता लक्ष्यण देखिएकोे खनालले बताइन् । यस रोगको खोप नेपालमा हाल सम्म उपलब्ध नभएकोले ठोस उपचार नभएको केन्द्रका प्रमुख डा. श्रेष्ठ बताउँछन् । डा. श्रेष्ठका अनुसार रोगबाट बचाउन गोठ र गोठको वरीपरी सफा र ओभाने राख्ने, गोठ र मलखादको दुरी १० मिटर कायम राख्ने, भकारोमा पिसाब तथा पानी जम्न नदिने, गोठको वरीपरीका खाल्टाखुल्टी पुर्ने, मट्टितेल, फिनेल, आदि छर्केर लामखुट्टे, भुसुना, भिंmगा भगाउने÷मार्ने काम गर्न लगाईएको छ । सङ्कटग्रस्त क्षेत्रमा अनाधिकृत रुपमा मानिसको अवत÷जावत नगर्ने, प्रवेशद्धारमा चुना पानीको व्यवस्था गरी चुनामा टेकेर मात्र प्रवेश गराउने गरिएको छ । जोखिममा रहेका स्थानबाट पशु खरीद गर्न पनि प्रतिबन्ध लगाईएको छ ।
रोग सर्ने हुँदा रोगी पशुलाई अगलै राखि उपचार र दानापानीको व्यवस्था गर्ने हुन्छ । पहिला अफ्रिकामा सिमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, काजस्थान हुँदै बङ्गादेश र भारतमा केही महिना अघि देखा परेको डा.श्रेष्ठ बताउँछन् । हाल नेपालको मोरङ, झापा, लगायतका पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्ष्यण देखाई सयौं गाई विरामी परेको र केही मरेकोल सर्तक हुनु पर्ने उनले बताए । तराईका जिल्लाहरुमा लामखुट्टे, भुसुना र भिंmगाबाट सर्ने यो रोग पहिलो पटक पहाडमा भित्रिएको ल्याब परिक्षणबाट प्रमाणित भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s