दिउँसो १२ बजे देखि व्यास नगर बजार बन्द

दमौली , १ भदौं । आज दिउँसो १२ बजे देखि व्यास नगर बन्द हुने भएको छ ।

कोरोनाको संक्रमणलाई मध्य नजर गर्दै दिउँसो १२ बजे देखि व्यास नगर बन्द गर्न लागिएको हो । आइतबार नगरपालिकामा बसेको सर्वपक्षीय बैठक आज देखि ७ दिनका लागि व्यास नगर बन्द गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाद्धारा जारी विज्ञप्तीमा व्यास नगरपालिका क्षेत्र भित्रका औषधीजन्य व्यापार तथा निजी स्वास्थ्य संस्थाहरु बाहेकका व्यापार व्यवसाय , उद्योग कलकारखाना र सार्वजनिक सवारी साधनहरु बन्द गर्ने निर्देशन गरिएको छ । त्यस्तै व्यास नगरपालिका अन्तगर्तका बैकको एटिम सेवा बाहेक अन्य सेवा बन्द गर्न समेत निर्देशन दिइएको छ ।


त्यस्तै नगरपालिकाद्धारा जारी विज्ञप्तीमा तनहुँ उद्योग वाणिज्य संघ र बैंकहरुबाट अनुरोध भई आएमा आपसी सहकार्य र सहभागितामा सम्भावित जोखिम रहेका क्षेत्रमा पिसिआरको दायरा बढाउन नगरपालिकाको स्वास्थ्य आवश्यक समन्वय गर्ने जनाइएको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार आज देखि व्यास नगरपालिकाको स्वस्थ्य ,सरसफाई र सुरक्षा लगायत अत्यावश्यक बाहेक अन्य सेवाहरु ७ गते सम्म पूर्ण रुपमा बन्द हुनेछ ।

त्यस्तै नगरपालिकाद्धारा जारी विज्ञप्तीमा अत्यावश्यक काम परेमा मात्र स्वास्थ्य सुरक्षा अपनाई घरबाहिर निस्कन नगरबासीलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s