कोरोनाको कहर र सत्ताको लुछाचुडी

मुलुक यतिबेला कोरोनाको कहरमा छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार १ सय २ जनाको ज्यान गईसकेको छ भने २६ हजार १९ जना कोरोनाको संक्रमणमा परेका छन् । त्यस्तै संक्रमित मध्ये १७ हजार २ सय १ जना निको भएर घर फर्कि सकेका छन् । त्यस्तै अन्य बाँकी संक्रमितहरु उपचार गराई रहेका छन । यतिबेला सिङगो मुलुकको ध्यान कोरोना संक्रमितको उपचार तथा नियन्त्रणमा दिनुपर्ने हो । तर सरकारको ध्यान भने सत्ता राजनीतिमा नै केन्द्रित रहेको छ । हुन त मुलुकमा यतिबेला नेकपाको नेतृत्वमा झण्डै दुई तिहाईको सरकार छ । यस्तो अवस्थामा कोरोनाको उपचार तथा नियन्त्रण अर्जुन दृष्टिका साथ लाग्नु पर्ने हो । बिडम्बना नै मान्नु पर्छ सरकार पार्टी भित्रको आन्तरिक किचलो कारण सरकारले आम सर्वसाधारणलाई स्वास्थ्य सामाग्री त के कोरोनाबाट बच्ने उपायका विषयमा सामान्य जानकारी समेत दिन सकिराखेको छैन । यो भन्दा अरु दुःखद पक्ष के हुन सक्छ र ?

यही बीचमा सत्ताधारी नेकपा सरकार पुर्नगठनको तयारीमा जुटेको चर्चा परिचर्चा चल्न थालेको छ । चर्चा परिचर्चा चले अनुसार बुधबार सम्म सरकारको पुर्नगठन हुनेछ । त्यस्तै ७ मध्ये केही प्रदेशका मुख्यमन्त्रीहरु समेत फेरबदल हुने चर्चा परिचर्चा चलेको छ । पछिल्ला घटनाक्रम हेर्दा सरकार जनताको स्वास्थ्य सेवामा भन्दा पनि सत्ताकै लुछाचुडीमा केन्द्रित छ । यस्तो संक्रमणको घडीमा सत्तासिन पार्टीका जिम्मेवार नेताहरु सत्ताको लुछाचुडीमा लाग्नु अत्यन्त लज्जाजनक विषय हो । त्यसैले यस विषयमा सत्तासिन पार्टीका नेताहरु जिम्मेवार ढंगले प्रस्तुत हुनु जरुरी छ । आशा गरौं, यस विषयमा अवश्य पनि सत्तासिन राजनीतिक दलका नेताहरुको अवश्य ध्यान पुग्नेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s