समुदाय बढी जोखिममा

विश्व व्यापी रुपमा वढ्दै गईरहेको कोरोनाको जोखिम नेपाल समेत दिनप्रति दिन बढ्दै जान थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार शनिबार सम्म नेपालका कारण कोरोनाका कारण एक सय भन्दा बढी सर्वसाधारणले ज्यान गुमाई सकेको छन् । त्यस्तै २५ हजार भन्दा बढी सर्वसाधारणहरु कोरोनाबाट संक्रमित भई सकेका छन् । जसमध्ये १७ हजारको हाराहारीमा कोरोनाका विरामीहरु निको भएर घर फर्कि सकेका छन् । देशव्यापी रुपमा हेर्ने हो भने पछिल्लो चरणमा कोरोनाको संक्रमण हवात्तै बढेको छ । त्यसमा पनि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको अवस्था छ । जसको ज्वलन्त उदारहणको रुपमा तनहुँको भानु नगरपालिकालाई लिन सकिन्छ । जहाँ समुदाय स्तरका २२ जनालाई कोरोनाको संक्रमण भएको नजिता सार्वजनिक भएको छ । भानुका अलावा व्यास नगरपालिकाका वडा नं १ मा समेत ट्राभल हिस्ट्रि नभएकी एक बद्धा समेत कोरोनाको संक्रमण देखिएको छ ।

पछिल्लो समय समुदाय स्तरमा जुन हिसाबले कोरोनाको संक्रमण देखिएको छ । यसलाई बेलैमा नियन्त्रणमा लिन सकिएन भने विकराल रुप लिन सक्ने अवस्था छ । त्यसैले कोरोनाको संक्रमण फैलिएको समुदायहरुमा थप संक्रमण फैलिन नदिनका सम्बन्धित स्थानीय तह देखि प्रशासनले विशेष निगरानी पुर्याउनु पर्ने देखिन्छ । वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने कोरोनाको नियन्त्रणका लागि सरोकारवालाहरुले जुन हिसाबले ध्यान दिनुपर्ने हो त्यो हुन सकिराखेको छैन । यहाँसम्मकि कतिपय ठाउँहरुमा त स्थानीय तह र प्रशासनबीच समन्वय हुन नसक्दा समयमा नै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था हुन सकिराखेको छैन । त्यसैगरी पर्याप्त मात्रामा स्वास्थ्य सामाग्रीहरु उपलब्ध हुन सकिराखेको छैन । जुन अत्यन्त गैर जिम्मेवारी कार्य हो । यस्ता विषयहरुलाई बेलैमा सुधार गर्नु जरुरी देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s