लायन्स क्लवद्धारा मृगौला पीडित रामलाललाई सहयोग

दमौली ,३२ साउन ।
व्यास नगरपालिका वडा नं ४ निवासी मृगौला पीडित रामलाल श्रेष्ठको उपचारका लागि सहयोग जुट्नेक्रम जारी रहेको छ ।
मृगौला पीडित श्रेष्ठको उपचारका लागि लायन्स क्लव अफ तनहुँ दमौलीले शुक्रबार ५० हजार सहयोग हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ ३२५ वी १ का पूर्व डिष्ट्रिक गर्भनर अशोक कुमार, क्लवका अध्यक्ष सरोज भण्डारी, उपाध्यक्ष बसन्त गिरी, कोषाध्यक्ष शेषराज श्रेष्ठ, सचिव विशाल पण्डित र अभियन्ता लक्ष्मीभक्त खनाल लगायतको उपस्थिती रहेको थियो ।
मृगौला पीडित श्रेष्ठको उपचारका लागि व्यास ६ घर भई कतारमा कार्यरत सुजन पण्डितले १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । उक्त रकम व्यास युथ क्लवका अध्यक्ष मीनबहादुर गुरुङले हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s