भानु उच्च जोखिममा २२ जनामा कोरोनाको संक्रमण

दमौली ,३२ साउन ।
भानु नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा परेको छ ।
भानु नगरपालिकाकाको १६ जना पुरुष, ५ जना महिला र १ जना बालिकामा कोरोनाका संक्रमण देखिएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख भएअनुसार भानु नगरपालिका वडा नं १ का २७,४९,३९, २८,५२,२२, ४०,३४, ४३,३७,५०,४०,२८ र ३५ बर्ष उमेरका व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै भानु नगरपालिकाको वडा नं १ कै ३१,२८, ३०, ५६ र ३७ बर्षका महिला र ५ बर्षकी बालिकामा समेत कोरोनाको संक्रमण देखिएको छ । त्यसैगरी भानुको एकजना वडा अध्यक्षलाई समेत कोरोनाको संक्रमण भएको छ । भानुका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार कोरोनाका संक्रमितहरुलाई वीपी कोइराला श्वास प्रश्वास केन्द्रमा पठाइएको छ । त्यस्तै स्वास्थ्य शाखा भट्टराईका अनुसार ट्रेसिङको काम समेत अगाडि बढेको छ ।
भानु नगरपालिकाको वडा नं १ का एक युवामा केही दिन अगाडि कोरोनाको संक्रमण देखिएको थियो । ति युवालाई अहिले पोखरा स्थित गण्डकी अस्पतालकमा उपचार गरिराखिएको छ । यसैबीच भानु नगरपालिकामा कोरोनाको संक्रमण देखिए सगै सर्तक हुन काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भण्डारी अपिल गरेका छन् । साथै स्वास्थ्य मन्त्रालय देखि प्रशासन विशेष ध्यान दिन पूर्वमन्त्री भण्डारीले आग्रह गरेका छन् ।
त्यसैगरी भानु नगरापालिकामा कोरोनाको संक्रमण देखिएपछि भानु नगरपालिकालाई सिल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए अनुसार बिहानै देखि सवारी साधन सञ्चालनमा रोक लगाईएको छ भने पसलहरु बन्द गरिएको छ । त्यस्तै सर्वसाधारणहरुलाई घर बाहिर ननिस्कनका लागि प्रशासनले आम सर्वसाधारणलाई अपिल गरेको छ ।
बन्दिपुर गाउँपालिकाको तीन वडा सिल
भानु नगरपालिका कोरोनाको उच्च जोखिममा परेसगै छिमेकी बन्दीपुर गाउँपालिकाका तीन वडा सिल गरिएको छ ।
भानु नगरपालिकामा आज बिहान मात्रै २० जनामा कोरोनाको संक्रमण देखिएको थियो । वन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बन्दिपुर गाउँपालिकाको वडा नं १,४ र ५ सिल गरिएको हो । ती वडाहरु भदौं ५ गते सम्मका लागि सिल गरिएको हो । बैठकमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, जिल्ला सदस्य राजेन्द्र पिया, डुम्रे बजार इकाई सभापति नेक महमद मियाँ लगायतको उपस्तिथी रहेको थियो ।
सर्तक रहन तरुण विभाग प्रमुख भण्डारीको आग्रह
भानु नगरपालिकामा कोरोनाको थप संक्रमण फैलन नदिन सर्तकता अपनाउन पूर्वमन्त्री शंकर भण्डारीले आग्रह गरेका छन् ।
भानु नगरपालिकाको वडा नं १ मा २० जनामा कोरोनाको संक्रमण देखिएसगै पूर्वमन्त्री भण्डारीले सरकार र स्थानीय प्रशासन संग सो आग्रह गरेका हुन् । पूर्वमन्त्री भण्डारीले कोरोना संक्रमणको उच्च जोखिम रहेको भानुलाई तत्काल सिल गर्नुपर्नेमा समेत जोड दिएका छन् । साथै पूर्वमन्त्री भण्डारीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s