
दमौली, ३० साउन । भानु नगरापालिकामा कोरोनाको संक्रमण देखिएपछि भानु नगरपालिकालाई सिल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए अनुसार बिहानै देखि सवारी साधन सञ्चालनमा रोक लगाईएको छ भने पसलहरु बन्द गरिएको छ । त्यस्तै सर्वसाधारणहरुलाई घर बाहिर ननिस्कनका लागि प्रशासनले आम सर्वसाधारणलाई अपिल गरेको छ ।