सञ्चार क्षेत्रका लागि अपूरणीय क्षति

तनहुँको मिर्लुङ पुख्यौली घर भई राजधानीमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार बलराम बानियाँको दुःखद निधन भएको छ । राजधानीको बल्खु खोलाबाट सोमबार वेपत्ता भएका पत्रकार बानियाँको बुधबार मकवानपुर स्थित सिस्नेरी माण्डो जलविद्युत्त परियोजना क्षेत्रमा शव फेला परेको थियो । यद्यपी पत्रकार बानियाँको निधन कुन कारणबाट भएको हो रहस्य भने गर्भमा लुकेको छ । सतही रुपमा हेर्दा खोला बगाएर पत्रकार बानियाँको निधन भएको जस्तो देखिन्छ । तर भित्रि रहस्य भने अन्य पनि हुन सक्दछ । त्यसैले पत्रकार बानियाँको रहस्यमय निधनको विषयमा खोजीनीति हुनु जरुरी देखिन्छ ।

पत्रकारिता क्षेत्रमा हेर्न हो भने पत्रकार बानियाँ स्वच्छ छवि र मिलनसार व्यक्तिका परिचित व्यक्तिका रुपमा चिनिन्थे । जुन कुराको पुष्टि उनको निधन पछि उनका सयौं शुभचिन्तकहरुले सामाजिक सञ्जालमा व्यक्त गरेको श्रद्धाञ्जलीबाट स्पष्ट हुन्छ । साँढे दुई दशक भन्दा बढी समय राजधानीमा रहेर पत्रकारिता गरेका बानियाँ राजनीति, संसद, सार्वजनिक प्रशासन तथा भ्रष्टचारको विरोध र सुशासनका पक्षमा सशक्त ढंगले कलम चलाउने गर्दथे । यि विधाका अलावा बानियाँले कर्मचारीतन्त्रमा मौलाएको भनसुन देखि भ्रष्टचारको पाटोलाई समेत कलमका माध्यमबाट खबरदारी गर्दै आईरहेका थिए । जसका राज्यका जिम्मेवार निकायमा बसेका व्यक्तिहरु गलत कार्य गर्नु अगाडि एक पटक सोच्न बाध्य हुने गर्दथे । पछिल्लो समय पत्रकार बानियाँले चीन संगको सीमा विवादका विषयमा कलम चलाएका थिए । तर उनले चलाएको कलम प्रति उनी कार्यरत सञ्चार गृह भोलिपल्ट नै क्षमायाचना गरेको थियो । उक्त समाचारको विषयलाई नै लिएर बानियाँलाई जिम्मेवारीबाट समेत मुक्त गरिएको बुझिन आएको छ । पत्रकार बानियाँको निधन जुन सुकै कारणले भएता पनि पत्रकारिता क्षेत्रको लागि अपूरणीय क्षति पुगेको छ । स्वर्गीय बानियाँ प्रति हाम्रो तर्फबाट पनि श्रद्धासुमन ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s