भानुका २० जनामा कोरोनाको सक्रमण ,जनप्रतिनिधी र कर्मचारीमा भने देखिएन

दमौली , ३० साउन । भानु नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा परेको छ ।

भानु नगरपालिकाकाको १४ जना पुरुष , ५ जना महिला र १ जना बालिकामा कोरोनाका संक्रमण देखिएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख भएअनुसार भानु नगरपालिका वडा नं १ का २७,४९,३९, २८,५२,२२, ४०,३४, ४३,३७, ५०,४०,२८ र ३५ बर्ष उमेरका व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै भानु नगरपालिकाको वडा नं १ कै ३१,२८, ३०, ५६ र ३७ बर्षका महिला र ५ बर्षकी बालिकामा समेत कोरोनाको संक्रमण देखिएको छ । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए अनुसार जनप्रतिनिधी र भानु नगरपालिकाका कर्मचारीमा भने कोरोनाको संक्रमण देखिएको छैन । यसैबीच भानु नगरपालिकाका २० जनामा कोरोनाको संक्रमण देखिए सगै उच्च सर्तकता अपनाइएको नगरप्रमुख गौलीले बताए ।
भानु नगरपालिकाको वडा नं १ का एक युवामा केही दिन अगाडि कोरोनाको संक्रमण देखिएको थियो । ति युवालाई अहिले पोखरा स्थित गण्डकी अस्पतालकमा उपचार गरिराखिएको छ । यसैबीच भानु नगरपालिकामा कोरोनाको संक्रमण देखिए सगै सर्तक हुन काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भण्डारी अपिल गरेका छन् । साथै स्वास्थ्य मन्त्रालय देखि प्रशासन विशेष ध्यान दिन पूर्वमन्त्री भण्डारीले आग्रह गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s