
दमौली , ३० साउन । भानु नगरपालिका कोरोनाको उच्च जोखिममा परेसगै छिमेकी बन्दीपुर गाउँपालिकाका तीन वडा सिल गरिएको छ ।
भानु नगरपालिकामा आज बिहान मात्रै २० जनामा कोरोनाको संक्रमण देखिएको थियो । वन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बन्दिपुर गाउँपालिकाको वडा नं १,४ र ५ सिल गरिएको हो ।ती वडाहरु भदौं ५ गते सम्मका लागि सिल गरिएको हो । बैठकमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, जिल्ला सदस्य राजेन्द्र पिया, डुम्रे बजार इकाई सभापति नेक महमद मियाँ लगायतको उपस्तिथी रहेको थियो ।