
दमौली ,३० साउन ।
तनहुँको देवघाट गाउँपालिका सिल गरिएको छ ।
देवघाट गाउँपालिकामा समुदाय स्तरमा दुई जनालाई कोरोनाको संक्रमण देखिएपछि बिहिबार देखि देवघाट गाउँपालिका सिल गरिएको हो । देवघाट गाउँपालिकामा ५४ र ३० बर्षका पुरुष व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो ।