कोरोनाको थप जोखिममा तनहु“

विश्व व्यापी रुपमा कोरोनाको संक्रमण बढ्दै जाँदा गर्दा तनहुँ समेत कोरोनाको उच्च जोखिममा रहेको छ । त्यसमा पनि पछिल्लो समय भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा समुदायका दुई जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि तनहुँ उच्च जोखिममा परेको हो । यो पछिल्लो घटनाले तनहुँमा कोरोना समुदाय स्तरमा नै फैलि सकेको सहजै अनुमान लगाउन सकिन्छ । यसरी समुदाय स्तरमा कोरोनाका संक्रमण फैलदै गर्दा को कति बेला कोरोनाको संक्रमण पर्ने हो भनेर यसै भन्न सकिने अवस्था छैन । तनहुँ जिल्लाको हकमा हेर्ने हो भने जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाको संक्रमित भेटि सकेका छन् । त्यस्तै तनहुँमा हालसम्म १ सय ८८ जना कोरोनाका संक्रमितहरु भेटिएका छन् । संक्रमितको संख्या बढ्नेक्रम जारी रहेको छ । यद्यपी संक्रमित मध्ये १ सय ७६ जना निको भएर घर फर्कि सकेका छन् ।

तनहुँमा कोरोना संक्रमितको संख्या पछिल्लो समय हिसाबले बृद्धि हुँदै गई रहेको छ । त्यसले एक किसिमको त्रास सिर्जना गरि रहेको छैन ।त्यसैले जिल्लामा बृद्धि हुँदै गई रहेको कोरोनाको संक्रमण रोक्नका लागि सर्तकता अपनाउनु जरुरी देखिएको छ । त्यसका लागि सबैभन्दा सर्वसाधरण आफै पहिला सतर्क हुनु जरुरी देखिन्छ भने प्रशासन र स्थानीय तहहरुले समेत प्रभावकारी भूमिका निर्वाह गर्नु जरुरी देखिन्छ । हुन त कोरोनाको संक्रमण भए देखि नै जिल्लामा क्वारेन्टाईन र आईसोलेसन कक्ष निर्माण देखि स्वास्थ्य सामाग्री उपलब्ध गराउने विषयमा सम्बन्धित निकायको ध्यान दिएको देखिएको थियो । तर जुन हिसाबले ध्यान दिनुपर्ने हो त्यो नहुँदा गुनासो भने आई रहेको अवस्था थियो । त्यसैले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै ध्यान दिनु जरुरी देखिन थालेको छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s