भानु नगरपालिकाको प्रवेशद्धारमा कडाई, भदौ २ सम्मका लागि नगरपालिकाको सेवा बन्द

तस्बिर सौजन्य ः शिवकुमार श्रेष्ठ

दमौली ,२७ साउन । भानु नगरपालिकाको प्रवेशद्धारमा सवारी साधन तथा पैदल यात्रुहरुलाई कडाई गरिएको छ ।

भानु नगरपालिकाको वडा नं १ मा समुदाय स्तरमा कोरोनाको संक्रमित देखिएसगै मंगलबार बिहान देखि भानु नगरपालिकाको प्रवेशद्धार डुम्रे बजारको पुलमा सवारी साधन तथा पैदल यात्रुहरुलाई कडाई गरिएको हो । भानुको प्रवेशद्धार डुम्रे बजार स्थित चुँदी खोलाको पुलमा बिहानै देखि सुरक्षाकर्मीहरुले चेकजाँच गरेका छन् । यसैबीच भानु नगरपालिकामा समुदाय स्तरमा कोरोनाको संक्रमण देखिएसगै भानु नगरपालिकाको कार्यालय सेवा प्रवाह भदौ २ गते सम्मका लागि बन्द गरिएको छ । नगरपालिका प्रमुख उदयराज गौली समुदाय स्तरमा थप कोरोनाको संक्रमण फैलिन नपाओस् भनेर नगरपालिकाले सेवा प्रवाह तत्कालका लागि बन्द गरेको बताएका छन् ।

थप दुई जनामा कोरोनाको संक्रमण
यसैबीच भानु नगरपालिकाकामा कोरोनाको संक्रमणका कारण त्रास सिर्जना भईरहेका बेला छिमेकी बन्दिपुर गाउँपालिकामा आज दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बन्दीपुर गाउँपालिका वडा नं ६का १९ बर्षिय र वडा नं ३का २९ बर्षिय पुरुष व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । तनहुँमा हाल सम्म कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ भने निको भएर घर फर्कनेमा १ सय ७६ पुगेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s