भानुमा समुदायमा स्तरमा कोरोना भेटियो

दमौली ,२७ साउन ।
तनहुँ जिल्लामा सोमबार थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ।
सोमबार भानुनगरपालिका वडा नं १ का ३४ बर्षिय पुरुषमा कोरोनाका संक्रमण देखिएको हो । कोरोनाको संक्रमण समुदाय स्तरमा भेटिएको नगरप्रमुख उदयराज गौलीले बताए । त्यस्तै वन्दीपुर गाउँपालिका वडा नं ५ का ३४ बर्षिय पुरुष व्यक्तिमा कोरोनाको सक्रमण भेटिएको छ । तनहुँबाट ५९ जनाको स्याब परीक्षणका लागि पठाइएकोमा ५७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
समुदाय स्तरमा नै कोरोनाका संक्रमण देखिएसगै थप सर्तकता अपनाउनु अवस्था सिर्जना भएको नगरप्रमुख गौलीले बताए । यस विषयमा नगरपालिकामा छलफल गरि ठोस निर्णय गरिने समेत प्रमुख गौलीले बताए । तनहुँमा हालसम्म १ सय ८६ जनामा कोरोनाका सक्रमण देखिएकोमा १ सय ७६ निको भईसकेको छ । यसैबीच कोरोनाको संक्रमणलाई मध्येनजर गर्दै भानुको वडा नं. २ को वडा कार्यालय साउन ३२ गते सम्मका लागि बन्द गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s