असुरक्षित राजधानी

आइतबार राजधानीको गोङगबु चोकमा सुटकेशमा भेटिएको शवले राजधानीको सुरक्षा व्यवस्था माथि गम्भीर प्रश्न चिन्ह उब्जिन पुगेको छ । यस अर्थमा कि सुटकेशमा भेटिएको शवको टाउको र शरीर भागको छुटछुटै अवस्थामा रहेको थियो । देशको राजधानी त्यसमा पनि गोङगबु जस्तो व्यस्त ठाउँमा एउटा व्यक्तिको शव यस्तो अवस्थामा भेटिनु सुरक्षा व्यवस्था माथि ठाडो चुनौती हो । त्यसैले यो घटनाको विषयमा सुक्ष्म ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याई दोषीलाई कार्वाही गर्ने विषयमा एकरती पनि ढिलाई गर्नु हुँदैन । अन्यथा प्रहरीको कार्य दक्षता माथि प्रश्न चिन्ह उठ्ने निश्चित छ । हुन त राजधानीमा दिनहुँ जसो आपराधिक घटनाहरु हुने गरेका छन् । जुन घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरीले प्रकाउ गरी कार्वाही प्रक्रिया समेत अगाडि बढाउने गरेको छ । यस्तो अवस्थामा गोङगवुको उक्त घटनाको विषयमा पनि प्रहरीले अवश्य पनि अनुसन्धान प्रक्रिया अगाडि बढाउने छ ।

तर आइतबार जुन आपराधिक घटना भएको छ । त्यो कल्पना भन्दाको बाहिरको छ । किनकि यहि हिसाबले राजधानीमा आपराधिक घटना दोहोरिदै जाने हो भने कस्ले कति बेला ज्यान गुमाउने हो भनेर यसै भन्न सकिने अवस्था छैन । तसर्थ गोङगबुको उक्त घटनालाई मध्यनजर गर्दै राजधानीको सुरक्षा व्यवस्था समेत कडाई गरिनु जरुरी देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अन्यत्र स्थानमा घटना गराई उक्त स्थानमा ल्याएर शव फ्याकिएको खुल्न आएको छ । यसरी अन्यत्र घटना गराई उक्त स्थानमा ल्याएर शव फ्याक्दा समेत प्रहरीले कुनै जानकारी नपाउनु ठूलो कमजोरी हो । गोङगबु घटनाबाट पाठ सिक्दै राजधानीको सुरक्षा व्यवस्था कडाई गर्ने विषयमा प्रहरीले विशेष ध्यान दिनु जरुरी देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s