
दमौली ,२६ साउन ।
क्रियाशिल सदस्यता वितरण प्रक्रिया अगाडि बढेसगै नेपाली काग्रेस तनहुँको पार्टी कार्यालयमा कार्यकर्ताको चहलपहल बढ्न थालेको छ ।
क्रियाशिल सदस्यताको विवरण बुझाउन आउने क्रम बढेसगै पार्टी कार्यालयमा कार्यकर्ताको चहलपहल बढ्न थालेको हो । लक डाउनका कारण पार्टीको गतिविधी नहुँदा केही समय अगाडि सम्म पार्टी कार्यालयमा सुनसान हुने गरेको थियो । तर केही समय यता भने पार्टी कार्यालयमा बाक्लो उपस्थिती हुन थालेको छ । त्यस्तै क्रियाशिल सदस्य वितरणको अभियानलाई तीब्रता दिलाउनका लागि पार्टीका नेताहरु जिल्ला विभिन्न स्थानका कार्यक्रममा सहभागी हुन थालेका छन् ।
यसैबीच केही दिन अगाडि पार्टी अनुशासन विभागको कार्वाहीमा परेका पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशी निकट नेता तथा कार्यकर्ताहरुले समेत क्रियाशिल सदस्यता नविकरण अभियानमा सहभागी भएका छन् ।
प्राप्त जानकारी अनुसार जोशी पार्टीका आन्तरिक राजनीतिमा बाहिर पर्ने सम्भावनालाई मध्यनजर गर्दै जोशी पक्ष नेता तथा कार्यकर्ताले सदस्यता नविनकरण गरेका हुन् । जोशी पक्षले क्रियाशिल सदस्यता नविकरण गरेको विषयलाई काग्रेस भित्र सकारात्मक रुपमा हेरिएको छ ।