
स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले चार जनामा कोरोना पुष्टि भएको सेतोपाटीलाई जानकरी दिए।
ुथप विवरण आउन बाँकी छु, उनले भने, ुकार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको भन्ने प्रारम्भिक विवरण आएको छ।
संक्रमितहरूलाई आइसोलेसनमा राख्ने तयारी भएको मन्त्रालयले जनाएको छ। साथै उनीहरूको सम्पर्कमा आएका मन्त्रालयका अन्य कर्मचारीको पनि तीनचार दिनमा परीक्षण गर्ने जनाइएको छ।
कोभिड संकट व्यवस्थापान केन्द्र ुसिसिएमसीु ले बिहीबार मन्त्रालयका ८२ जना कर्मचारीहरूको स्वाब संकलन गरेको थियो।
स्रोत सेतोपाटी