रामलालको उपचारका लागि ओझा दाजुभाईहरु सहयोग, सहयोग संकलनका समिति गठन

दमौली ,२५साउन । व्यास –४ निवासी मृगौला पीडित रामलाल श्रेष्ठको उपचारका लागि सहयोग जुट्नेक्रम जारी रहेको छ ।

यसैक्रममा श्रेष्ठको उपचारका लागि व्यास –४ घर भई हाल अमेरिकामा बस्दै आएका डा. अविन ओझा र उनका भाई इन्जिनियर अरुण ओझाले १२ हजार रुपैयाँ पठाएका छन् । डा. ओझा मृगौला पीडित रामलालको उपचारमा सहयोग पुगोस भनेर सहयोग रकम पठाएको बताउँछन् ।ओझा दाजुभाईले यस अगाडि पनि मृगौला रोगी राजु श्रेष्ठको उपचारका लागि २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । मृगौला पीडित रामलालको उपचारका लागि यसअघि अष्ट्रेलिया तनहुँ समाजबाट ५० हजार सहयोग हस्तान्तरण गरिएको थियो ।

यसैबीच मृगौला पिडित रामलाल श्रेष्ठ को सहयोगका लागि समिति गठन गरिएको छ । साविक जामुने, मनपाङ्ग र छाङ्ग हाल म्याग्दे निवासी स्थानिय वासिन्दाहरुको भेलाले मृगौला पिडित रामलालको जीवनरक्षाका लागी आर्थिक सहयोग जुटाउने अभिप्राय स्वरुप म्याग्दे दमौली सम्पर्क समाज गठन गरेको हो । ज्येष्ठ सदस्य राम वहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त भेलाले भाग्यशाली ढुङ्गानाको संयोजकत्वमा ७ सदस्यीय समाज गठन गरेको हो ।

ढुङ्गानाको संयोजकत्वमा गठित समाजले उपसंयोजकमा मनिराज थापा, सचिवमा पदम कुमार श्रेष्ठ, कोषाध्यक्षमा मनोज अधिकारी, सदस्यहरुमा हरिशरण वाग्ले, वलराम वाग्ले र राजकुमार श्रेष्ठ वि.वि. चयन गरेको छ । साथै श्रेष्ठको सहयोगका लागि एन.एम.वि.दमौली शाखामा रामलाल श्रेष्ठको नाममा खाता खोलिएको छ । खाता नं र सम्र्पक नम्बर यसप्रकार रहेको छ । खाता नं १२८०१००५५९५०००११ र सम्र्पक नम्बर ९८४६०४०३२६, ९८४६०६२०८७ र ९८४६०९०७१८ रहेको छ ।
मृगौला पीडित श्रेष्ठका छोरा ३० बर्षिय छोरा सुवास श्रेष्ठको केही दिन अगाडि करेन्ट लागेर मृत्यु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s