नमूना विद्यालयका शिक्षकलाई प्रविधिमुलक तालिम प्रदान

दमौली ,२५ साउन ।
नमूना विद्यालयमा छनौट व्यास–१ स्थित निर्मल माध्यमिक विद्यालयमा शिक्षकहरुलाई प्रविधिमुलक तालिम प्रदान गरिएको छ ।
सो तालिमको व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले उद्घाटन गरेका थिए । नमूना विद्यालयलाई थप प्रविधियुक्त बनाउनका लागि तालिमले सहयोग पुर्याउने शिक्षा शाखा प्रमुख रेग्मीको भनाई थियो । साथै सिकेका सीपलाई शिक्षकहरुले पठनपाठन कार्य गर्दा प्रयोगमा ल्याउन समेत शिक्षा शाखा प्रमुख रेग्मीले आग्रह गरेका थिए ।
तालिम उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए अनुसार १० दिनसम्म सञ्चालन हुने तालिममा माइक्रोसफ्ट वर्ड, एक्सल, पावरप्वाइन्ट, इमेल तथा इन्टरनेट तथा मोवाइल एव लगायतका विषयमा सीप सिकाइने छ ।
प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयलाई २४ थान कम्प्युटर, ४ थान सिसि टिभि क्यामेरा, इन्र्भटर र प्रोजेक्टर लगायतका सामाग्री सरकारबाट सहयोग प्राप्त भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s