करेन्ट लागेर छोरा गुमाएका मृगौला पीडित श्रेष्ठको उपचारका लागि सहयोग हस्तान्तरण

दमौली , २४ साउन । व्यास –१ विज्ञानचौरमा इन्टरनेट जडान गर्नेक्रममा ज्यान गुमाएका सुवास श्रेष्ठका मृगौला पीडित बुबाको उपचारका लागि सहयोग हस्तान्तरण गरिएको छ ।

श्रेष्ठको उपचारका लागि अष्ट्रेलिया तनहुँ समाजबाट प्राप्त ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । त्यसैरी अन्य दुई जनाबाट प्राप्त ८ हजार रुपैयाँ समेत श्रेष्ठ परिवारलाई सहयोग हस्तान्तरण गरिको थियो । सहयोग रकम नेपाली काग्रेस तनहुँका पूर्व सभापति एवं श्रेष्ठका छिमेकी रघुनाथ पौडेलले हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व सभापति पौडेलले श्रेष्ठ परिवारमा कल्पनै गर्न नसकिने पीडा परेको हुँदा यस घडीमा श्रेष्ठको उपचारका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । श्रेष्ठ परिवारलाई परेको पीवडामा थोरै भएपनि मलम लगाउनका लागि आफूहरुले सहयोग हस्तान्तरण गरेको सहयोग अभियान जुटेकाद्धय लक्ष्मीभक्त खनाल र सरोज भण्डारीले बताएका थिए ।

साथै सहयोग अभियानलाई निरन्तरता दिने समेत खनाल र भण्डारीले बताएका छन् ।यसैबीच श्रेष्ठ परिवारमा परेको ब्रजपात प्रति पूर्वमन्त्री शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् । साथै मृगौला पीडित श्रेष्ठको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । श्रेष्ठ परिवारमा परेको ब्रजपातको विषयलाई सेतीमादी दैनिकले यस अगाडि विषय उठान गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s