इन्टरनेट जडान दुर्घटनाले सिकाएको पाठ

इन्टरनेट सेवा जडान गर्नेक्रममा बुधबार व्यास–१ विज्ञानचौरमा वल्र्डलिङकमा कार्यरत व्यास–४ निवासी सुवास श्रेष्ठको मृत्यु हुन पुगेको छ । इन्टरनेट सेवा जडान क्रममा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको विषयले इन्टरनेट सेवा प्रदायक कम्पनीमा कार्यरत कर्मचारीहरु कति असुरक्षित ढंगले काम गर्न बाध्य रहेछन भनेर खुलासा भएको छ । इन्टरनेट जडान गर्ने क्रममा व्यास –१ विज्ञानचौरमा श्रेष्ठ ज्यानै जाने गरी जुन घटना हुन पुगेको छ त्यसले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको चरम लापरवाहीको हुन पुगेको छ । किनकि फिल्डमा खटिने कर्मचारीहरुका लागि केही हदसम्म सुरक्षाका सामाग्री उपलब्ध गराई दिएको भए अवश्य पनि यस किसिमको दुःखद घटना हुने थिएन । वास्तवमा भन्ने हो भने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले फिल्डमा खटिने कर्मचारीका लागि करेन्ट लाग्नबाट बच्ने खालका सामाग्री पञ्जा, हेल्मेट र अन्य सामाग्रीको व्यवस्था गर्नुपर्दछ । तर अधिकांश कम्पनीहरुले यस विषयमा ध्यान दिएको पाईदैन । जसले गर्दा ज्यानै जाने खालका दुःखद घटनाहरु हुने गर्दछन् । यसका अलवा कर्मचारीहरुलाई सामाग्री उपलव्ध गराउँदा हेलचक्रयाई गर्ने क्रम समेत रहेको छ ।

हुन त यस किसिमको दुःखद घटना पहिलो पटक भएको होइन । यस अगाडि पनि इन्टरनेट तथा केवल जडानको काम गर्दा कर्मचारीहरुको ज्यान गएको अवस्था थियो । तर पटक–पटक यस किसिमको दुःखद घटना दोहोरि रहँदा पनि सम्बन्धित कम्पनीहरुको ध्यान पुग्न सकिराखेको छैन । खासगरी कम खर्चमा सेवा प्रदान गर्ने उदेश्य राखी इन्टरनेट तथा केवल सेवा प्रदायक कम्पनीहरुले विद्युत्तका पोलमा इन्टरनेट तथा केवलका तारहरु विस्तार गर्दा करेन्ट लागेर बढीमात्रामा कर्मचारीहरुको ज्यान गईरहेको अवस्था छ । तसर्थ इन्टरनेट तथा केवलका तारहरु विद्युत्तका पोलमा राख्न दिने विषयमा पनि कडाई पनि देखिन्छ । तर यस विषयमा पनि प्रशासन र स्थानीय तहहरुको ध्यान पुग्न सकिराखेको छैन । यस विषयमा सम्बन्धित निकायहरुले बेलैमा ध्यान पुर्याउनु जरुरी देखिन्छ ।


सेतीमादी सम्पादकीय

One thought on “इन्टरनेट जडान दुर्घटनाले सिकाएको पाठ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s