
दमौली , २२ साउन ।
तीन सातापछि दमौलीमा आज देखि दमौलीमा पूर्ण रुपमा खानेपानी आपूर्ति सुचारु भएको छ ।
गत असार २९ गते व्यास नगरपालिका वडा नं ४ वैरेनी मार्गमा पहिरो जाँदा दमौलीमा वितरण गरिने खानेपानीको पाइपमा क्षति पुगेको थियो । पहिरो गएको स्थानमा सिमेन्टको पर्खाल निर्माण गरी पाइप मजबुत ढंगले पाइप अड्याइएको छ ।
खानेपानीको पाइपमा क्षति पुग्दा व्यास नगरपालिकाको वडा नं २, ३ र ४ को खानेपानी आपूर्तिमा समस्या सिर्जना हुन पुगेको थियो । यसअघि दमौलीमा दैनिक ३० लाख लिटर पानीको माग हुँदै आईरहेको भएपनि दैनिक १० लाख लिटर मात्र पानी आपूर्ति हुँदै आईरहेको थियो । लामो समय खानेपानी आपूर्ति नहुँदा निकै सास्ती भोग्दै आएका दमौलीबासीले पानी आपूर्ति भएसगै राहतको महसुस गरेका छन् ।