मोर्चाबन्दी बन्द गर्ने कि ?

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र आन्तरिक किचलो समाधान नहुँदै प्रमुख प्रतिपक्ष नेपाली काग्रेस भित्र मोर्चाबन्दी सुरु हुन थालेको छ । काग्रेसको १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्य वितरण कार्य बढ्दै गर्दा काग्रेस भित्र मोर्चाबन्दी सुरु हुन थालेको हो । यसरी मोर्चाबन्दी सुरु हुने क्रममा पार्टी सभापति शेरबहादुर देउवाले विभागलाई विस्तार गर्ने कार्यलाई तीब्रता दिई रहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने त्यसको कडा विरोध गरिरहेको छ । यहाँसम्मकी वरिष्ठ नेता पौडेल पक्षले सानेपा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी पार्टी सभापति देउवाको कदमप्रति कडा आपत्ति जनाएको छ । यसरी आपत्ति जनाउने क्रममा पार्टी सभापति देउवालाई भेटी विभाग विस्तार लगायतका गतिविधी तत्काल रोक्न आग्रह समेत गरेको छ । तर सभापति देउवा भने विभाग विस्तार लगायत भातृसंस्थाहरुलाई पूर्णता दिने पक्षमा रहेको देखिन्छन् । सभापति देउवाको जुन कदमका कारण काग्रेस भित्र थप मोर्चाबन्दी झन बढ्दै जाने देखिन्छ ।

हुन त पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा यस किसिमका मोर्चाबन्दी हुनु कुनै नौलो विषय होइन । विगतमा पनि यस किसिमका मोर्चाबन्दी भएका थिए । तर यतिबेला मोर्चाबन्दी हँुँदै गर्दा काग्रेसले ध्यान पुुर्याउनु पर्ने थुप्रै विषयहरु छन् । जस्तो काग्रेस यतिबेला प्रतिपक्षमा रहेको छ । त्यो पनि निकै कमजोर अवस्थामा । काग्रेस पार्टी कमजोर हुँदै गर्दा मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जान थालेको छ । त्यस्तै कोरोनाका कारण मुलुकको अर्थतन्त्र धराशयी हुँदै गईरहेको छ । यहि हिसाबले मुलुकको अर्थतन्त्र ओरालो लाग्दै जाने हो भने मुलुकको अर्थतन्त्र निकै डरलाग्दो अवस्थामा पुग्ने निश्चित छ । त्यसो हुनु भनेको मुलुक असफलता तिर धकेलिदै जानु हो । मुलुक अवस्था दिन प्रति धराशयी बन्दै गईरहेको अवस्थामा प्रमुख प्रतिपक्षले आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । तर आफै भित्रको मोर्चाबन्दीका कारणले काग्रेस त्यस तर्फ सोच्न सकिराखेको छैन । यस्तो अवस्थामा काग्रेस के आन्तरिक मोर्चाबन्दीमा रुमलि रहनु उपयुक्त होला ? कदापि हुँदैन । तसर्थ काग्रेसले आन्तरिक मोर्चाबन्दीमा रुमलिएर मुलुकमा बर्बादी तर्फ धकेल्नु हुँदैन । हेरौं, यस तर्फ काग्रेसको अवश्य पनि ध्यान पुग्नेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s