
दमौली, १८ साउन । चितुवाको आक्रमणबाट तनहुँमा शनिबार साँझ एक बालिका घाईते भएकी छन् ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए अनुसार चितुवाको आक्रमण परी घाईते हुनेमा आँबुखैरेनी गाउँपालिका वडा नं १ समस्तीपुरकी १० बर्षिय बालिका अमिषा थापा रहेकी छन् । बालिकालाई उपचारका लागि तत्कालै भरतपुर लगिएको थियो । घाईते बालिकाको अवस्था नाजुक रहेको समेत प्रमुख बरालले बताए ।
साँझ ९ बजेको समयमा घरको आँगनमा खाना खाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको थियो । तनहुँमा पछिल्लो समय चितुवाको आक्रमण ज्यान गुमाउने र घाईते हुने क्रम जारी रहेको छ ।