आँबुखैरेनी गाउँपालिकाका उच्च तहका कर्मचारीमा कोरोनाको संक्रमण

दमौली , १८ साउन । आँबुखैरेनी गाउँपालिका कोरोनाको डेन्जर जोनमा परेको छ ।

सिङगो गाउँपालिका नै कोरोनाको डेन्जर जोनमा परे सगै गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द गरिएका छन् ।

आँबुखैरेनी गाउँपालिकाका प्रवक्ता कटक थापाले एक विज्ञप्ती जारी गरी सो विषय जानकारी गराएका हुन् । प्रवक्ता थापा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार साउन २० गते सम्मका लागि गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द गरिएका छन् । यसैबीच आँबुखैरेनी गाउँपालिकाका कार्यरत एक उच्च तहका कर्मचारीलाई कोरोनाको संक्रमण भएको बुझिन आएको छ । उच्च तहका कर्मचारीलाई कोरोनाको संक्रमण देखिए लगत्तै गाउँपालिकाको कार्यालय देखि वडा कार्यालय तत्कालका लागि बन्द गरिएको हो ।

यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी संग सम्र्पक गर्दा अधिकारीले आँबुखैरेनी गाउँपालिका वडा नं ३ ठेगाना भएका ४२ बर्षिय व्यक्तिमा कोरोनाका संक्रमण भएको रिपोर्ट आएको बताएका छन् । यसअघि कोरोनाको त्रासलाई मध्यनजर गर्दै व्यास नगरपालिकाका वडा नं १० को कार्यालयलाई समेत अनिश्चित कालका लागि बन्द गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s