व्यास नगरपालिका भित्र समुदाय स्तरमा कोरानाको त्रास बढ्दो

दमौली , १६ साउन । व्यास नगरपालिका भित्र समुदाय स्तरमा कोरोनाको त्रास बढ्दै जान थालेको छ । खासगरी कोरोना संक्रमित व्यक्तिहरुको समुदायका व्यक्तिहरुसंग प्रत्यक्ष सम्र्पक हुन थालेपछि व्यास नगरापलिका भित्र समुदाय स्तरमा कोरानाको त्रास बढ्दै जान थालेको हो ।
यसै क्रममा केही दिन अगाडि व्यास नगरपालिकाका वडा नं १० मा जिल्ला प्रहरी कार्यालय स्याङजनामा कार्यरत कोरोना संक्रमित एक जना प्रहरीले आफन्तजन र छिमेकीहरुलाई भेटघाट गरेको विषय सार्वजनिक भएको थियो । उक्त विषय सार्वजनिक भए लगत्तै व्यास नगरपालिकाको वडा नं १० को कार्यालय अनिश्चित कालका लागि बन्द गरि कन्ट्याक्ट ट्रेसिङकोे अभियान थालिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार वडा नं १० मा जनप्रतिनिधी देखि ति प्रहरीका आफन्तजन र उनीहरुले भेटघाट गरेका ४५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।
यसैगरी व्यास नगरपालिका वडा नं ९मा समेत शुक्रबार १ जनामा कोरोनाको संक्रमण देखिएको छ ।स्थानीय विद्यालयमा क्वारेन्टाइनमा बसेका ति व्यक्तिमा कोरोनाको संक्रमण भेटिएको हो । कोरोनाको संक्रमण भेटिएका ति व्यक्तिलाई आइसोलेसनमा राखेसगै कन्ट्याक्ट ट्रेसिङ थालिने स्वास्थ्य शाखा प्रमुख सोतीले बताएका छन् ।यता स्थानीयले कोरोना संक्रमण देखिएका ति व्यक्ति क्वारेन्टाइन भन्दा बाहिर गएर भेटघाट गरेको खुलेको हुँदा विशेष ढंगले कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s