
दमौली , १६ साउन । जनैपूर्णिमाका दिन म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए अनुसार गाउँ कार्यपालिकाको आज बसेको बैठकले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसबर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ ।
