छेडुवा भीरको पहिरो निरिक्षण सडक मर्मत कार्य सुरु

दमौली ,१६ साउन ।


व्यास नगरपालिका वडा नं १३ छेडुवा भीरमा पहिरोले पुर्याएको क्षतिको बिहिबार निरिक्षण गरिएको छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी, नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोला र सडक डिभिजन कार्यालयको टोलीले संयुक्त रुपमा निरिक्षण गरेका थियो ।


निरिक्षण लगत्तै अत्यावश्यक सवारी साधानहरु सञ्चालनका लागि सडक मर्मत कार्य अगाडि बढाउने निरिक्षणमा गएको टोलीले निर्देशन समेत दिएको थियो । सो अनुसार मर्मत कार्य सुरु समेत गरिएको थियो । केही दिन अगाडि आएको पहिरोले गर्दा दमौली केशवटार सडक मार्ग र बुद्ध सिं सडकमा पहिरोले क्षति पुर्याएको छ । पहिरोले सडक भाँसिन पुगेको छ भने धाँजा समेत फाँटेको छ । त्यस्तै पहिरो कारण सडक सगै जोडिएका घरहरु समेत उच्च जोखिममा रहेका छन् ।


स्थानीयको जनगुनासोलाई मध्य नजर गर्दै तत्काल मर्मत कार्य अगाडि बढाउन सडक डिभिजन कार्यालय लगायतका निकायहरुको ध्यानाकर्षण गरिएको समन्वय प्रमुख वाग्लेले बताए । अवरुद्ध सडक मार्ग सञ्चालनका लागि नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको नगर प्रमुख न्यौपानेको भनाई थियो । इन्जियिनरहरु जमिनको अवस्था कमजोर भएको हुँदा तत्काल ठूलो काम गर्न नमिल्ने बताएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s