उच्च जोखिममा व्यास नगरपालिका

विश्व व्यापी रुपमा फैलिएको कोरोनाको त्रास यतिखेर जताततै देखिन्छ । कोरोनाका त्रासलाई लक्षित गर्दै सर्तकता अपनाउने क्रम जारी रहँदा रहँदै पनि विभिन्न माध्यमबाट कोरोनाको संक्रमण फैलिन थालेको छ । यसैक्रममा व्यास नगरपालिकाकामा समेत कोरोनाको संक्रमण फैलन सक्ने अवस्था मध्यनजर गर्दै नगरपालिकाको वडा नं १० को वडा कार्यालय अनिश्चित कालका बन्द गरिएको छ । प्राप्त जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय स्याङजमा कार्यरत एक प्रहरी जवान केही दिन अगाडि घर आएका थिए । घरमा आएका ति प्रहरी जवानले आफन्तजन र छिमेकीहरुलाई भेटघाट गरेका थिए । तर स्याङजा प्रहरी कार्र्यालयमा एसपी सहित अन्य प्रहरी जवानलाई कोरोनाको संक्रमण देखिएसगै ति प्रहरी जवानलाई पनि परीक्षण गर्दा कोरोनो पोजेटिभ देखिन पुग्यो । ति प्रहरी प्रहरी जवानलाई कोरोना पोजेटिभको संक्रमण देखिदै गर्दा स्थानीयहरुमा कतै कोरोना पोजेटिभ फैलिएको त छैन भन्ने त्रास सिर्जना भएको छ । त्रास सिर्जना हुनु स्वभाविक विषय पनि हो । तसर्थ व्यास नगरपालिकाको वडा नं १० मा कन्ट्याक्ट ट्रेसिङ गर्ने विषयमा स्थानीय प्रशासन र नगरपालिकाले कुनै कसर बाँकी राख्नु हुँदैन । किनकि व्यास नगरपालिकाको वडा नं १० मा कोरोना समुदायमा फैलिएको खण्डमा यसले सिङगो तनहुँ जिल्लामा नै भयावह रुप लिने निश्चित छ ।

सम्भवतः त्यसैलाई मध्यनजर गर्दै व्यास नगरपालिकाले नगरपालिकलाको वडा नं १० को कार्यालय अनिश्चितकालका लागि बन्द गरेको हुनुपर्दछ । नगरपालिकाले चालेको यो कदमलाई सकारात्मक रुपमा हेरिनु पर्दछ । किनकि वडा कार्यालय खोल्दै गर्दा कामका लागि जाने सेवाग्राही मध्ये कुनै एक जनालाई कोरोनाको संक्रमण सरेको खण्डमा अन्यलाई समेत सर्ने सम्भावना प्रवल रहन्छ । तसर्थ वडा कार्यालय अनिश्चितकालका लािग बन्द गर्ने जुन निर्णय भएको छ । त्यसलाई केही दिन अझै पालना गर्नुपर्ने देखिन्छ । यसका अतिरिक्त बजार क्षेत्रमा समेत बढी सर्तकता अपनाउनु जरुरी देखिन्छ । यस अर्थमा व्यास नगरपालिकाका सर्वसाधारणहरु दिनहुँजसो दमौली बजार विभिन्न काम लिएर आउने गर्दछन् । यस्तो अवस्थामा बजारमा नसर्ला भन्न सकिदैन । आशा गरौं, यस विषयमा अवश्य पनि सरोकारवालाहरुको ध्यान पुग्नेछ ।
सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s