म्याग्दे गाउँपालिकाको प्रकोप कोषमा म्याग्दे–काठमाडौँ समाजबाट सहयोग

दमौली , १५ साउन ।
म्याग्दे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खातामा म्याग्दे–काठमाडौँ सम्पर्क समाजले सहयोग गरेको छ ।
समाजका अध्यक्ष माधव घिमिरेले गाउँपालिका अध्यक्ष मायादेवी राना आलेलाई मंगलबार रु. ४५ हजार रकम हस्तान्तरण गरेका थिए । असार २८ र २९ गतेको अविरल वर्षा तथा त्यसपछि विभिन्न मितिमा आएको वाढी तथा पहिरोवाट विस्थापित भएका परिवारलाई सहयोग गर्नका लागि समाजले गरेको सहयोग सकरात्मक रहेको गाउँपालिकाकी अध्यक्ष आलेले बताइन् । पालिकाले विभिन्न संघसस्थाले गर्ने सहयोगका कार्यक्रमलाई एकद्वार प्रणाली मार्फत अगाडि बढाएको बताउदै अध्यक्ष आलेले भनिन्, “सहयोग गरेकोमा म्याग्दे काठमाडौँ सम्पर्क समाजलाई धन्यवाद छ ।“
म्याग्दे काठमाडौँ सम्पर्क समाजका अध्यक्ष माधव घिमिरेले म्याग्देबाट काठमाडौँ तथा अन्य स्थानमा बसेका व्यक्तिहरुबाट संकलित रकम प्रकोप व्यवस्थापन कोष खातामा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले विस्थापित परिवारलाई राहत स्वरुप नगद छ हजार र वन्दोवस्ति लगायत दैनीक उपभोग्य सामाग्रीहरु ७१ परिवारलाई हस्तान्तरण पहिलो चरणमा गरिसकिएको जानकारी दिए । पालिकाले सात वटै वडा कार्यालय मार्फत क्षतिको विवरण संकलन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s