जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

दमौली , १५ साउन ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बुधबार सम्पन्न भएको छ ।
सो बैठकमा जानकारी दिए अनुसार मनसुन सुरु भएयताका बाढी पहिरोमा परी तनहुँमा १३ जनाको ज्यान गएको छ भने १ जना अझै वेपत्ता रहेका छन् ।
त्यस्तै बैठकले बाढी पहिरोले पुर्याएको क्षतिको विवरण तत्काल संकलन गरी पीडितलाई राहतको उपलब्ध गराउनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नदी, खोला, खहरेबाट तोकिएको मापदण्ड कडाईका साथ पालन गरेर मात्र नदीजन्य पदार्थहरुको उत्खनन् गर्न, वहाव क्षेत्र अतिक्रमण हुन नदिन तथा जोखिम नक्साङकन गरी न्यूनीकरण गरेर मात्र भौतिक पूर्वाधार निर्माण गर्न स्थानीय तहहरुले अग्रसरता देखाउने निर्णय गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s