आन्तरिक किचलोको दलदलमा फस्दै नेकपा

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद अन्त्य हुने अनुमान गरि राखेका बेला मंगलबार नेकपा भित्र फेरी एकाएक विवाद उत्पन्न हुन पगेको छ । विवाद यति सम्म हुन पुगेको छ कि प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित भएको घोषणा गर्न लगाए भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले प्रधानमन्त्री निवास बालुवाटारम नै बैठकलाई निरन्तरता दिए । यद्यपी प्रधानमन्त्री ओली पक्षका नेताहरुले भने दाहाल र नेपाल पक्ष सहभागी भएको बैठकलाई गुटको भेलाको संज्ञा दिएका छन् । सत्ताधारी नेकपा लामो समय देखि जुन हिसाबले आन्तरिक विवादमा फसेको छ । त्यसले नेकपा दिनप्रति दिन आन्तरिक किचलोको दलदलमा फसिरहेको छ । जसका कारण सत्ता सञ्चालन देखि पार्टीका गतिविधिहरु समेत नराम्ररी प्रभावित हुन पुगेको छ । यहि हिसाबले आन्तरिक किचलोको दलदलमा फस्दै जाने हो भने नेकपाले आगामी निर्वाचनमा लज्जाजनक हार बेर्होनुपर्ने निश्चित छ । जुन विषय नेकपाका शीर्ष नेताहरुलाई जानकारी पनि छ । तर सत्ता शक्तिको होडबाजीमा पुग्ने दौडमा उनीहरु आन्तरिक विवादको घेरा भन्दा माथि उठ्न सकिराखेका छैनन् ।

मुलुकको अर्थतन्त्र यतिबेला कोरोनाका कारण थिलोथिलो भएको अवस्था छ । जसलाई उठाउन निकै कसरत गर्नुपर्दछ । तर सत्तासिन नेकपा आन्तरिक किचलोमा नै भुलिरहेको छ । त्यस्तै छिमेकी मुलुक भारतले मिचेको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर केही समय अगाडि नक्सा जारी भएको अवस्था छ । भारतसंग कुटनीतिक हिसाबले वार्ता र छलफल अगाडि बढाई गुमेको भूमि फिर्ता ल्याउनुपर्ने अवस्था छ । तर सत्तासिन नेकपा यि महत्वपूर्ण विषयहरुलाई ओझेलमा पारेर आन्तरिक किचलोमा फसि रहेका छन् । जुन विषय सत्तासिन नेकपाका लागि नै घातक विषय बनिरहेको छ । तैपनि सत्तासिन नेकपाका नेताहरुको ध्यान पुग्न सकिराखेको छैन । हेर्दै जाऊँ नेकपा भित्रको विवाद कुन विन्दुमा पुगेर अन्त्य हुन्छ वा अर्के मोड लिन्छ त्यो यसै भन्न सकिने अवस्था छैन ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s