व्यास नगरपालिकाद्धारा मास्क वितरण

दमौली , १४ साउन
व्यास नगरपालिकाले मंगलबार दमौलीका विभिन्न स्थानमा मास्क वितरण गरेको छ ।
नगरपालिकाले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनका लागि सफासडक, प्रशासन चोक, गणेशमान चोक र भोर्लेटार चोक लगायतका स्थानमा मास्क वितरण गरेको थियो । यसअघि व्यास नगरपालिकालाई गोर्खा वेलफेयर ट्रस्टले कोरोनालाई मध्यनजर गर्दै विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । व्यास नगरपालिकाले जानकारी दिए अनुसार ट्रस्टले पि.पि.ई सेट २५ थान, फेस सिल्ड २५ थान, के.एन ९५ मास्क ७५ थान, सर्जिकल मास्क १ हजार ५ सय थान, ह्याण्ड वासींङ लिक्वीड ५० वोतल, पन्जा १ हजार ५ सय जोर रहेको छ ।
यसैगरी स्यानिटाईजर ५ सय एम.एलका ९० वोत्तल, गम बुट ४० जोर, स्यानिटरी प्याड ४ प्याकेट, पर्सनल हाईजिन किट ५० सेट, हार्पिक २० बोत्तल, ट्वाईलेट ब्रस २० वटा, ह्याण्ड वास सेट १ थान उपलब्ध गराएको छ । उक्त सामाग्रीहरु गोर्खा वेलफेयर ट्रस्टका तर्फबाट एसिस्टेन्ट वेलफेयर अफिसर प्रविन थापाले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s