प्रमाण बिनाका आरोप नलगाउ“दा नै उचित

नेपाली काग्रेसको अनुशासन समितिले पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशी सहित ३ जनालाई कार्वाही गरेसगै काग्रेस भित्र आरोप–प्रत्यारोपको श्रृङखला बढ्दै जान थालेको छ । खासगरी कार्वाहीमा परेका पार्टीका पूर्व सह–महामन्त्री जोशीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई लक्षित गरि विभिन्न किसिमका आरोप लगाएका छन् । जुन आरोपहरु मध्ये कतिपय यस्ता आरोप रहेका छन् कि जुन विश्वास गर्ने आधारहरु देखिदैन । त्यस्तै मध्येको एउटा आरोप छ वि.स. २०७० को संविधान सभा निर्वाचनमा टिकट वितरण गर्दा पैसाको लेनदेन भएको बन्ने विषय । जोशीका अनुसार पार्टीका वरिष्ठ नेता पौडेलले पार्टीका केन्द्रीय सदस्य भण्डारीसंग पैसा लिएर साविक क्षेत्र नं १ को टिकट दिएका थिए । जोशीले जुन किसिमका आरोप लगाएका छन् त्यसमा कुनै तुक देखिदैन । किनकि जोशीले पैसा लिएर टिकट दिएको भनि बिना प्रमाण बोलेका देखिन्छ । यदि पार्टीले टिकट दिदाँ पैसाको चलखेल हुन्छ भने उनले २०४६ साल देखि २०६४ साल सम्म तनहुँबाट चुनावको टिकट लिदै गर्दा कति–कति पैसा कस्लाई बुझाए त्यो विषय छर्लङ पार्नु पर्दछ । अन्यथा जोशीको अभिव्यक्ति कुनै तुकपूर्ण देखिदैन ।

हो पछिल्लो निर्णयले जोशी प्रति अन्याय नै भएको अनुभूति उनलाई भएको छ भने कार्वाहीको निर्णयको पुनरावलोकनका लागि जोशीले पार्टीमा अपिल गर्नुपर्दथ्यो । तर जोशी अपिल गर्नुको सट्टा झन–झन उग्रता प्रर्दशन गर्दै गईरहेको देखिन्छ । साथ–साथै जोशीलाई पार्टीले कार्वाही गर्दै गर्दा उनी प्रति सहानुभूति राख्नेहरुको संख्या पनि बढ्दै गईरहेको देखिन्छ । जसले गर्दा आफू माथि धेरै नै अन्याय भएको अनुभूति जोशी र उनका सर्मथकहरुलाई हुनु स्वभाविक विषय हो । तर यस्तो बर्बाहटमा पार्टी र नेताहरु प्रति विभिन्न आरोप लगाउनु उचित देखिदैन । नेपाली काग्रेसको विगतलाई फर्केर हेर्ने हो बागी उम्मेदवार बनेका गोपाल राई जस्ता नेताहरु पछि कार्वाही फिर्ता भएर मन्त्री समेत बनेको अवस्था छ । तनहुँकै हकमा पनि रामचन्द्र पौडेलको विरुद्धमा बागी उम्मेदवार बनेका पूर्णबहादुर गुरुङको कार्वाही फिर्ता भएर समानुपातिक तर्फको उम्मेदवार बनेको देखिन्छ । तसर्थ अहिले कार्वाहीमा पर्दैमा सर्वस्व गुमेको ठानेर जोशी र उनका सर्मथकहरु आरोप–प्रत्यारोपमा उत्रनुको कुनै अर्थ छैन ।

लोकतन्त्रमा काग्रेस होस् वा अन्य कुनै राजनीतिक दलका नेताहरुले म होइन हामी भन्ने सोच राख्नु जरुरी छ । यदि कसैले म मात्रै भन्ने सोच राख्दछ भने उसको पतन भएर जाने निश्चित छ । आशा गरौं, यस विषयमा अवश्य पनि नेताहरुको ध्यान पुग्नेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s