
दमौली ,१४ साउन ।
ज्यान मार्ने उद्योगका फरार प्रतिवादी प्रकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी निरिक्षक सविता के.सी.ले जानकारी दिए अनुसार प्रकाउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं ५ घर भई हाल वडा नं ५ बेलचौतारा बस्ने २६ बर्षिय गणेश गुरुङ रहेका छन् । गुरुङ २०७४ जेठ २४ गते म्याग्दे गाउँपालिका वडा नं ४ मा व्यास १ निवासी बिमल दरै र सुरज कायस्थ माथि खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका थिए ।