कोरोनाको त्रासलाई लक्षित गर्दै व्यास नगरपालिकाको वडा नं १० को कार्यालय बन्द

दमौली , १४ साउन । कोरोनाका त्रासलाई लक्षित गर्दै व्यास नगरपालिकाको वडा नं १० को वडा कार्यालय बन्द गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बुधबार एक विज्ञप्ती जारी गरी कोरोनाको संक्रमणलाई लक्षित गरी वडा कार्यालय बन्द गर्नु परेको उल्लेख गरेका छन् । यस विषयमा व्यास नगरपालिकाका वडा नं १० का वडा अध्यक्ष तुलसीराम सापकोटा संग सम्र्पक गर्दा जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत एक प्रहरी गत साउन ७ गते वडा नं १०स्थित आफ्नो घरमा आएका थिए । घर आएका ति प्रहरी जवानले स्थानीयहरु संग भेटघाट गरेका थिए । स्थानीयहरु संग भेटघाट गरेका ति प्रहरी जवानको स्याब परीक्षण गर्दा पोजेटिभ नतिजा आएको थियो । पोजेटिभ नतिजा आएसगै ट्रेसिङका लागि वडा कार्यालय बन्द गरिएको अध्यक्ष सापकोटाले बताए ।
व्यास नगरपालिकाकाले सुरक्षाका लागि वडा कार्यालय बन्द गरेपनि उनले कतिजना व्यक्तिसंग व्यक्तिहरुसंग भेटघाट गरेका थिए त्यो भने पहिचान हुन सकिराखेको छैन । जसले गर्दा व्यास नगरपालिका वडा नं १० र दमौली बजार क्षेत्र यतिखेर कोरोनाका कारण निकै असुरक्षित हुन पुगेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s