महाधिवेशनको चहलपहल सुरु

फागुनमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता वितरणको कार्य सुरु भएसगै देशव्यापी रुपमा काग्रेस पार्टीमा महाधिवेशनमा चहलपहल सुरु हुन थालेको छ । त्यसमा पनि केन्द्र स्तरमा पार्टीका शीर्ष नेताहरुले महाधिवेशनलाई लक्षित गरी सम्र्पक कार्यालय स्थापनासगै भेटघाटलाई तीब्रता दिन थालेपछि त झन महाधिवेशनको चहलपहल निकै नै बढ्न थालेको छ । त्यस्तै पार्टी सभापतिका आंकाक्षीहरु समिकरण मिलाएर आफू बलियो उम्मेदवार बन्ने खेलमा समेत लाग्न थालेका छन् । काग्रेसको पछिल्लो अवस्था हेर्ने हो भने वर्तमान पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिमा दोहोर्याउन मनस्थितीमा रहेका छन् । यद्यपी देउवा सभापतिले पुनः सभापतिमा दोहोर्याउने मनस्थिती बनाउँदै गर्दा देउवा समूहकै उपसभापति विमलेन्द्र निधी भने सभापतिको उम्मेदवार बन्नका लागि खुट्टो उचालि रहेका छन् । यहाँसम्मकि निधी महामन्त्री शंशाक निवास पुगेर आफूलाई साथ दिन आग्रह गरेका छन् । निधीको आग्रहलाई कोइरालाले स्वीकार गरिसकेका भने छैन । निधीका अलावा यस अगाडि देउवा संग प्रतिस्पर्धामा उत्रिएका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला पनि सभापतिको दौडमा रहेका छन् । यिनिहरुका अलावा दोस्रो पुस्ताका अन्य नेताहरु समेत सभापतिको दौडमा रहेका छन् ।

काग्रेसमा महाधिवेशनको चहलपहल सुरु हुँदै गर्दा गुट उपगुटले समेत प्रश्रय पाईरहेको देखिन्छ । खासगरी क्रियाशिल सदस्यता वितरण गर्ने क्रम देखि नै गुट उपगुट देखिन थालेको छ । जुन विगतमा पनि थियो । यो क्रम १४ औं महाधिवेशनको नेतृत्व चयन गर्दाको घडीसम्म कायम हुने निश्चित छ । यसरी पार्टी गुट उपगुटमा विभाजित हुँदै गर्दा पार्टीले नोक्सानी बेर्होनुपर्ने निश्चित छ । त्यसैले पार्टीलाई सशक्त ढंगले अगाडि बढाउने हो भने क्रियाशिल सदस्यता वितरण देखिनै सबैलाई समान दृष्टिकोणले हेर्नु जरुरी देखिन्छ । एकातिर पार्टी विभिन्न चुनौतीका बाबजुद पनि महाधिवेशनको तयारीमा जुटेको छ भने अर्को तर्फ केही दिन अगाडि मात्र पार्टीको अनुशासन विपरित गतिविधी गरेको भन्दै पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशी सहित तीन जनालाई कार्वाही गरिएको छ । जुन विषयले यतिबेला काग्रेस भित्र एक किसिमका तरङग उत्पन्न हुन पुगेको छ । यस्तो अवस्थामा काग्रेस भित्रको आन्तरिक विवादलाई पार्टीले कुन हिसाबले समाधान गर्छ त्यो भने निकै चासोको विषय बनि रहेको छ । काग्रेस पार्टीको आन्तरिक जीवनलाई पार्टी यतिबेला इतिहासमा नै सबैभन्दा कमजोर घडीमा पुगेको अवस्था छ । यसरी काग्रेस कमजोर बन्दै गर्दा लोकतन्त्र नै खतरामा पर्ने संकेत समेत देखिई राखेको अवस्था छ । यसलाई काग्रेसको १४ औं महाविधेशनले कसरी हेर्छ त्यो निकै सोचनीय विषय बन्न पुगेको छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s