
दमौली , १३ साउन ।
नेपाली काग्रेस पार्टीको कार्वाहीमा परेका पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज पक्षका कार्यकर्ताले जोशीको कार्वाही फिर्ता हुनुपर्ने माग गरेका छन् ।
जोशी पक्षका कार्यकर्ताहरुले सोमबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरी कार्वाही फिर्ता हुनु पर्ने माग गरेका हुन् । पत्रकार सम्मेलनमा जोशी पक्ष कार्यकर्ताले कार्वाही फिर्ता नभएमा सदस्यता नविकरण नगर्ने र नविकरण गर्ने कार्यलाई अवरोध पु¥याउने समेत चेतावनी दिएका थिए ।
पत्रकार सम्मेलनमा जोशी पक्ष कार्यकर्ता एवं विपी विचार समाजका अध्यक्ष डिल्लीराम अधिकारीले कारबाही फिर्ता नलिए पार्टी सङ्गठन ध्वस्त हुने र त्यसको जिम्मेवारी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लिनुपर्ने आरोप लगाएका थिए । कार्यक्रममा जोशी पक्ष नेतृ चिनु पोखरेलले समेत आफ्नो धारण राखेकी थिइन । सोही पत्रकार सम्मेलनमा भिडियो कल मार्पmत कार्वाहीमा परेका पूर्व सह–महामन्त्री आफूलाई गरिएको कार्वाही स्वीकार्य नहुने बताएका थिए ।