सत्ताधारी दलका नेता तथा कार्यकर्ताको निकटताबाट जोगिनु तनहुँका नयाँ प्रजिअ आचार्यको प्रमुख चुनौती

दमौली ,१२ साउन ।


सत्ताधारी नेकपाको सांसद कृष्णकुमार श्रेष्ठसँग मतभेदका कारण यस अगाडिका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीको सरुवा भए लगत्तै तनहुँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालन अध्यागमन विभागबाट सागर आचार्य तनहुँ आईपुगेका छन् ।


आचार्यले शुक्रबार देखि नै तनहुँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालि सकेका छन् । जिम्मेवारी सम्हालेको भोलिपल्ट तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद श्रेष्ठ सँगसगै प्रजिअ आचार्यले बाढी पहिरोले ज्यान गुमाएका व्यास नगरपालिकाका माँझफाँट र भानु सिमलगैराका पीडित परिवारलाई भेटघाट समेत गरेका छन् । तनहुँमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आएको भोलिपल्टै पीडित परिवारलाई भेटघाट गर्ने जुन अवसर प्रजिअ आचार्यलाई मिलेको छ त्यसलाई सकारात्मक हिसाबले हेरिनु पर्दछ । किनकि प्रजिअ आचार्य सरुवा भई आए लगत्तै पहिरो गएको स्थलमा पुग्दा थोरै भएपनि जिल्लामा बाढी पहिरोले पुर्याएको वस्तु स्थितीको बारेमा जानकारी लिने अवसर मिलेको छ । सम्भवतः प्रजिअ आचार्यले केही दिन भित्र जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्याएको अवस्थाको बारेमा समेत जानकारी लिने छन् । जुन प्रजिअको दायित्व भित्र पनि भित्र पर्दछ ।


तर प्रमुख जिल्ला अधिकारी आचार्यले तनहुँमा जिम्मेवारी सम्हाल्दै गर्दा उनी भित्र एउटा चुनौती छ त्यो चुनौती भनेको सत्ता निकटका नेता तथा कार्यकर्ताको निकटताबाट जोगिनु नै हो । त्यस विषयबाट प्रजिअ कति जोगिन्छन् त्यो त उनको आगामी दिनको व्यवहारबाट नै स्पष्ट हुनेछ । साथै उनले अन्य राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधि र आम नागरिकलाई कस्तो व्यवहार गर्दछन् त्यो पनि उनको व्यवहारबाट स्पष्ट हुने छ ।


जिम्मेवारी सम्हाले लगत्ते कहाँ–कहाँ पुगे त प्रजिअ ?
यसैबीच शुक्रबार देखि तनहुँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका प्रजिअ आचार्य भोलीपल्ट विहान संघीय सांसद श्रेष्ठलाई भेट्न व्यास–४ स्थित श्रेष्ठको निजी निवासमा पुगेका थिए । झण्डै एक घण्टा श्रेष्ठको घरमा बसेका प्रजिअ आचार्य दिउँसो भने बाढी पहिरो पीडितलाई राहत वितरण गर्न सांसद श्रेष्ठ सँगसँगै गएका थिए । प्रजिअ आचार्य साँझ अवेर सम्म सांसद श्रेष्ठसंग रहेका थिए । शनिबार दिनभर सांसद श्रेष्ठको साथमा रहेका प्रजिअ आचार्य आइतबार भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ र प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमनलाई भेटन पोखरा पुगेका थिए । त्यस्तै दिउँसो भने प्रजिअ आचार्य सांसद श्रेष्ठसँगै वाढीपहिरो पीडितलाई राहत वितरण कार्यक्रममा सहभागी भएका थिए । तनहुँ आउने वित्तिकै प्रजिअ आचार्यले सत्ताधारी मुख्यमन्त्री, प्रदेश मन्त्री र संघीय सांसदलाई भेटघाट गर्नका लागि हतारोलाई यतिखेर जिल्लामा निकै चासोका साथ हेरिएको छ ।


प्रमुख प्रतिपक्षी लगायत अन्यलाई कस्तो व्यवहार गर्लान् त ?
तनहुँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाले लगत्तै सत्ताधारीका मुख्यमन्त्री, प्रदेश मन्त्री र संघीय सांसदलाई भेटघाट गर्दै गर्दा प्रजिअ आचार्यले प्रमुख प्रतिपक्ष नेपाली काग्रेस लगायत अन्य राजनीतिक दल, नागरिक समाज, उद्योगी–व्यवसायीलाई कस्तो व्यवहार गर्लान भनेर निकै चासोका साथ हेरिएको छ । यहाँसम्मकी सत्ताधारी नेकपाका नेताहरुलाई सरकारी निवास र निजी निवासमा गएर भेटघाट गरेका प्रजिअ आचार्यले सामान्य कटसीका लागि काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमन्त्री शंकर भण्डारी लगायतका काग्रेसका अन्य नेताहरु र स्थानीय नेताहरु संग टेलिफोन सम्र्पक गर्न जरुरी ठानेका छन कि छैनन त्यो यतिखेर चर्चाको विषय बनिरहेको छ ।


तत्कालिन माओवादी खेमालाई पनि कस्तो गर्लान व्यवहार ?
यस अगाडिका प्रजिअ अधिकारी सत्ताधारी नेकपाको तत्कालिन माओेवादी खेमा प्रति लचिलो भएको आरोप लागेर सरुवा हुन पुगेका थिए । अधिकारी सरुवा हुँदै गर्दा तत्कालिन माओवादी खेमाले सहानुभूति समेत राखेको थियो । जसका कारण हाल सरुवा भएका आएका आचार्य प्रति तत्कालिन खेमा त्यति खुसी नभएको अवस्था छ । तैपनि सरुवा भएर आइसकेपछि उनको सरुवा प्रति असहमति जनाउने अवस्था देखिदैन । सायद, तत्कालिन माओवादीको खेमाको सहानुभूति जुटाउनका लागि पनि प्रजिअ आचार्यले आइतबार मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीलाई भेटघाटको कार्यक्रम तय गरेको हुनु पर्दछ ।


प्रजिअले गर्ने व्यवहारको प्रतिक्षामा प्रतिपक्ष
हालै सरुवा भई आएका प्रजिअ आचार्यको विषयमा प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका नेता तथा कार्यकर्ता भने पर्ख र हेरको नीतिमा रहेका छन् । उनले जिल्लामा कुन हिसाबले काम गर्छन सो अनुसार प्रजिअलाई व्यवहार गर्ने मनस्थिती नेता तथा कार्यकर्ता रहेको बुझिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s