राजमार्गमा सुचारु गर्ने विषयमा विशेष ध्यान दिने कि ?

अविरल बर्षा सगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोले राजमार्गमा व्यापक रुपमा क्षति पुर्याएको छ । त्यसमा पर्यटकीय नगर पोखरा देखि राजधानी जोड्ने पृथ्वीराजमार्ग र नारायणगढ मुग्लिङ सडक खण्डमा गएको पहिरोका कारण बढीमात्रामा क्षति पुगेको छ । यि सडक खण्डका अतिरिक्त देशका अन्य भागका सडकहरुमा समेत बाढी पहिरोले क्षति पुर्याउँदा ठूलो धनजनको क्षति पुगेको अवस्था छ । त्यतिमात्रामा होइन बाढी पहिरोले सडक अवरुद्ध हुँदै गर्दा सयौं सवारी साधनहरु राजमार्गमा अलपत्र परेको छ । यसरी सवारी साधनहरु अलपत्र पर्दा यात्रा गर्ने यात्रुहरुले निकै सास्ती बेर्होनु परेको छ । यहाँसम्मकि तीन चार दिन सम्म रोक्किनु परेको छ । तीन चार दिनसम्म राजमार्गमा रोक्किनु पर्दा यात्रुहरुले कति समस्या भोग्नु परेको होला ? एक पटक नजिकबाट नियालेर हेर्ने पो हो । पृथ्वीराजमार्गको दमौली डुम्रे सडक खण्ड अन्र्तगत नाहालमा सडक भाँसिदा केही दिन देखि सडक अवरुद्ध हुन पुग्यो । नेपाली सेना, नेपाल प्रहरी र सडक डिभिजनका कर्मचारीहरुको अथक प्रयासबाट एकतर्फी रुपमा भएपनि शनिबार राती देखि यातायात सञ्चालन भएको छ । यसरी एकतर्फी रुपमा भएपनि यातायात सञ्चालन हुँदा यात्रुहरुले थोरै भएपनि राहत महसुस गर्न पाएका छन् ।

खासगरी बर्षायाममा बाढी पहिरोका कारण राजमार्गहरु बढीमात्रामा क्षतिग्रस्त हुने गरेको विगत पाइन्छ । त्यसैले बाढी पहिरोले राजमार्गमा पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै तत्काल सडक सुचारु पार्ने हिसाबले आवश्यक पर्ने स्काभेटर, डोजर लगायत सवारी साधनहरु अवस्थामा राख्नुपर्ने देखिन्छ । जसले गर्दा राजमार्गमा खसेको पहिरो तत्कालै हटाउन सहज होस् । यसका अतिरिक्त क्षतिग्रस्त सडक मर्मतका लागि आवश्यक पर्ने सामाग्री र जनशक्ति समेत तयारी अवस्थामा राख्नु पर्दछ । तबमात्र राजमार्गमा गएको पहिरो हटाउने कार्य प्रभावकारी हुनेछ । अन्यथा राजमार्गमा बाढी पहिरोले सामान्य क्षति पुर्याउँदा पनि राजमार्ग सुचारु गराउने विषयमा लामो समय लाग्ने निश्चित छ । आशा गरौं,यस विषयमा अवश्य पनि सरोकारवालाहरुको अवश्य ध्यान पुग्नेछ ।


सेतीमदी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s