पूर्व सह–महामन्त्री जोशीको कार्वाहीले तनहुँ काग्रेसमा तरङग

दमौली ,११ साउन । नेपाली काग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीलाई कार्वाही गरेको विषयले तनहुँ काग्रेसमा तरङग उत्पन्न हुन पुगेको छ ।

यसरी तरङग उत्पन्न हुने क्रममा जोशीका समर्थकहरुले जोशीलाई कार्वाही गरिएकोमा व्यापक असन्तुष्टी व्यक्त गरेका छन् । जोशीको कार्वाही प्रति असन्तुष्टहरुले सामाजिक सञ्जाल मार्फत कार्वाहीको कडा विरोध समेत गरेका छन् ।तर पार्टीको संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरु जोशीको कार्वाही पछि जिल्लामा मौन अवस्थामा रहेका छन् ।

संस्थापन पक्षका नेताहरु कर्म अनुसारको फल प्राप्ति हुने हुँदा जोशीले काग्रेसको आन्तरिक राजनीतिमा जस्तो कर्म गरेका थिए सोही अनुसारको फल पाएका छन् भनेर भन्न थालेका छन् । पूर्व सहमहामन्त्री जोशी सहित ३ जनालाई पार्टीले हिजो ५ बर्षका लागि निष्कान गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s